• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
भारदहमा तीर–धनुष जुलुस

भारदह, २३ असोज । सप्तरीको भारदह पोर्ताहामा फरक शैलीको आन्दोलनलाई निरन्तरता तीर–धनुष जुलुस प्रदर्शन गरिएको छ ।

सयौंको सहभागिता रहेको उक्त जुलुस बजारको विभिन्न भाग परिक्रमा पश्चात सहीद चौकमा सभामा परिणत भएको थियो । विरेन्द्र माझीको अध्यक्षतामा आयोजित सभामा स्थानीय नेताहरुले सम्वोधन गरेका थिए । राघव झाले गीत गाएर विरोधसभामा रौनकता थपेका थिए । कार्यक्रम सञ्चालन शिवशंकर मण्डलले गरेका थिए ।