राजविराज, २३ असोज । गृहमन्त्रालयले गरेको निर्णय अनुसार सप्तरीका सुरक्षा प्रमुखहरुको सरुवा गरिएको छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवलाई महोत्तरीको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । सप्तरीको प्रमुख जिल्ला अधिकारीमा गृहमन्त्रालयबाट अनिलकुमार ठाकुर आउने भएका छन् । यसैगरी सगरमाथा अञ्चल प्रहरी प्रमुख रमेश भट्टराईको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ भने उनको स्थानमा उत्तम बहादुर सिंह आउने भएका छन् ।
यसअघि गत साता मात्र जिल्ला प्रहरी कार्यालय सप्तरीको एसपीमा भीम ढकाल आएका छन् भने सप्तरीबाट एसपी शिशीर कुमार कर्माचार्यको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ । यस्तै सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयको एसपीमा दमन थापा आएका छन् भने एसपी हृदयनारायण मण्डलको कपिलवस्तु सरुवा भएको छ ।