• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीमा दङ्गाग्रस्त क्षेत्र घोषणा फिर्ता

राजविराज, २३ असोज । जिल्ला प्रशासन कार्यालय सप्तरीले राजमार्गमा जारी गरेको दङ्गाग्रस्त क्षेत्र घोषणा फिर्ता लिएको छ ।

सप्तरीको कोशी व्यारेजदेखि बलान खोलासम्म राजमार्गको दुवैतर्फ पाँच सय मिटर तथा कदमाहा सडकमा दङ्गाग्रस्त घोषणा गरेको थियो । शनिवार विहान ६ बजेदेखि दङ्गाग्रस्त क्षेत्र घोषणा फिर्ता गरिएको नेपाली सेना कृष्ण दल गणका गणपति भुवनेश्वर आचार्यले जानकारी दिए ।

गत भदौ १ सप्तरीको भारदहमा प्रहरीको गोलीबाट राजिव भनिने रामकृष्ण राउतको मृत्यू तथा करिब एक दर्जन घाइते भएपछि अवस्था असहज भएको भन्दै राजमार्गलाई सप्तरी प्रशासनले दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।