बिराटनगर, २२ असोज ।
विराटनगरको जोगबनी नाका ठप्प गर्ने कार्यक्रम अन्तर्गत शुक्रवार धर्नामा बसेका आन्दोलनकारीहरुमाथि प्रहरीले लाठी चार्ज गर्दा आधा दर्जन घाइते भएका छन् ।
संघीय समाजवादी फोरम नेपालका केन्द्रिय उपाध्यक्ष रेणु यादवको नेतृत्वमा धर्ना बसेका नेता तथा कार्यकर्ताहरुमाथि लाठी चार्ज गरिएको हो । प्रहरीले गरेको लाठी चार्जबाट केन्द्रिय सदस्य सुभाष यादवको टाउँको फुटेको छ ।
फोरमका जिल्ला सदस्य सुरेन्द्र यादव, विद्यार्थी फोरमका सञ्जय यादव, युवा नेता दयानन्द गोइत, श्रीप्रसाद भगतलगायतका नेता तथा कार्यकर्ताहरुको हात भाँच्चिएको आन्दोलनमा सहभागी फोरम नेपाल सप्तरीका जिल्ला सचिव उमेश यादवले जानकारी दिए । सप्तरीबाट करिब डेढ सयको संख्यामा मोर्चाका नेता तथा कार्यकर्ताहरु धर्नाका लागि बिराटनगर पुगेका विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष किशोर कुमार यादवले जानकारी दिएका छन् ।