
रामसेवक यादव
भारदह, २० असोज ।
स्वतन्त्र मधेशी युवा समूहले सप्तरीको पोर्ताहा, भारदह मधवापुरका युवाहरुले बुधवार चीनको झण्डा जलाएका छन् ।
भारदह बजारमा भेला भएका युवाहरुले चीनको विरोधमा नाराबाजी गर्दै झण्डा जलाएका हुन् । करिब एक सयको संख्यामा भेला भएका युवाहरुले चीन सरकारले मधेश विरोधी विज्ञप्ति प्रकाशित गरी मधेशी, थारुलगायतको मागलाई दमन गर्न खोजेको सरकारलाई मद्दत गरेको कारण झण्डा जलाइएको बताएका छन् । कार्यक्रम शंकर खिडहरी यादवको संयोजकत्वमा आयोजना गरिएको थियो ।