राजविराज, २० असोज ।
जारी आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै सप्तरीको कञ्चनरुप नगरपालिका अन्तर्गतका सरकारी तथा निजी विद्यालयका शिक्षकहरुले बुधवार ऐक्यवद्धता रयाली प्रदर्शन गरेका छन् ।
स्थानीय सर्वोदय उच्च माध्यमिक विद्यालय कञ्चनपुरबाट निकालिएको ऐक्यवद्धता रयाली नगरको विभिन्न भाग परिक्रमा गरेको थियो । परिक्रमा पश्चात कञ्चनपुर बेरियरमा आयोजित सभामा उच्च माध्यमिक विद्यालय रुपनगरका प्राचार्य दिगम्बर साह, सर्वोदय उच्च मा.वि.का प्रधानाध्यापक ताराकान्त मल्लिक, प्राचार्य सुदगम्बर यादव, मा.बि. भगनी मलेठका प्रधानाध्यापक नागेश्वर साहलगायतले मन्तव्य व्यक्त गरेका छन् ।