• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
ग्रामिण भेगमा चोरी बढ्यो

राजविराज, १५ भदौ । दुई दिनयता लगातार सप्तरी लालापट्टी गाविस कोचाबखारी–८ र ९ मा आधा दर्जन भन्दा बढी घरमा चोरी भएको छ ।
पहिलो दिन सोमवार १३ गते ४ जना चोरमध्ये एक जनालाई गाँउलेले समातेर नजिकको ईलाका प्रहरी कार्यालय सखडाको जिम्मा लगाएका छन् । यद्यपी मङ्गलवार फेरी चोरी भएको छ । चोरले विभिन्न व्यक्तिको घरबाट मोवाइल, सुनचाँदीका गहना, नगद, मुल्यवान भाडाबर्तन र लताकपडा सहित लाखौ रकम बराबरको सामान चोरेर लगो छन् ।
स्थानीय गोविन्द मण्डल, हिरालाल मण्डल, सदिक मन्सुरीसहितका व्यक्तिहरुको घरमा चोरी भएको छ । यता नेपाल प्रहरीले अपराध रहित समाज बनाउन प्रहरी मेरो साथी भन्ने अभियान सञ्चालन गरे पनि ग्रामिण भेगमा चोरी बढेको छ ।