काठमाण्डौ, १४ भदौ । रिवन इन्टरटेनमेन्ट प्रालिले लिंगका आधारमा गर्भपतन गर्ने विकृतिविरुद्ध आवाज उठाउनकालागि विवाहित महिलाहरुलाई सामेल गर्दै सौन्दर्य प्रतियोगिताममा उतार्ने भएको छ ।
विभिन्न वर्ग र उमेर समूहका बिच सौन्दर्य तथा प्रतिभामूलक स्पर्धा गर्दै आएको रिवन इन्टरटेनमेन्टले यस क्रममा गृहिणी र विभिन्न पेशामा आबद्ध रहेका विबाहित महिलाहरुबिच ‘मिसेस नेपाल इन्टरनेशनल २०१६’ आयोजना गर्न लागेको हो । आयोजक संस्थाका अध्यक्ष निशु झाका अनुसार गर्भमा छोरी देखिए गर्भपतन गर्ने विकृति विरुद्ध महिलाहरुबाटै आवाज बुलन्द गर्ने उद्येश्यले दोस्रो संस्करणको मिसेस नेपाल इन्टरनेशनल २०१६ आयोजना गर्न लागिएको हो । प्रतियोगितामा भाग लिने प्रतियोगीहरुलाई डा. सी .के .सिंहले रक्तदान र गर्भपतन गर्ने विकृतिविरुद्ध जनचेतना मुलक शिक्षा दिईने जनाईएको छ ।
प्रतियोगिता अन्र्तगत प्रतिस्प्रधामा सामेल विवाहित महिलाहरुबाट यसखाले विकृतिबिरुद्ध आवाज उठाउने अभियानको थालनी गर्ने उनले बताए । विबाहित महिलाहरुको व्यक्तित्व विकास तथा उनीहरुलाई स्वाबलम्बी बनाउनका लागि समेत प्रतियोगिताले सहयोगी भूमिका निर्वाह गर्ने विश्वास डा. सी .के .सिंहले व्यक्त गरे ।
यस्तै पेसाले चिकित्सक र लेखक हुन् । उनले आफ्नो पेसामा व्यस्तताका बावजुद पनि समय निकालेर कला क्षेत्रलाई पनि अंगाल्दै आएका छन् । गीतका म्युजिक भिडियो होस् या साना पर्दाका चलचित्र तथा ठुला पर्दाका चलचित्र सिके अचेल जताततै छाउन थालेका छन् । रजतपटमा डेब्यु गरेका चलचित्र मखमली पनि तीजमा नेपाल रिलीज हुन लागेको छ । डा. सिंह बाल बिवाह एबम दाइजो उन्मुलन राष्ट्रिय अभियानका सद्भावना दुत समेत हुन् ।
एकैचोटी चिकित्सक,नायक, प्राध्यापक ,लेखक र समाजसेबी जस्ता पेशामा लोकप्रियता पाएका डा. सिंहले अब सौन्दर्य प्रतियोगितामा कतिको लोकप्रियता पाउछ भन्ने कुरा भविष्यले नै बताउनेछ । प्रतियोगितामा सामेल प्रतियोगिहरु ४२ प्रतियोगीहरु मंजिला शर्मा, बुनु तिमल्सिना, कन्चन उपाध्याय, रजनी थापा पाठक, सम्झना धामी, रिना गुरुङ, सुलोचना रोका मगर, रचना अधिकारी, सगुन पराजुली, समी मिश्र पुडासैनी, सीता कोइराला, प्रकृति श्रेष्ठ , सुबेक्ष्या पोखरेल, ज्योति थापा, सपना आचार्य, प्रतिभा अधिकारी, पुष्पा सिंह, नमिता पौडेल, प्रनिषा थापा, प्रतिमा भण्डारी, छेसांग लामा, स्वीकृति रसाइली, कल्याणी महर्जन, जानुका बस्नेत, बिन्दा खतिवडा, अनुपम राई, अनिशा जोशी, अनामिका झा, प्रिती कार्की गुरुङ, संज्ञा श्रेष्ठ, रुकमणि आचार्य, रेणु घिमिरे, मोनी अग्रवाल, चुना केसी, ममता सिंह, अन्जु गुरुङ, रोजिना कुँवर, सरिता नेपाल, उर्मिला श्रेष्ठ, समुन्द्र लामा, दिपा श्रेष्ठ, सुशंता तामांग हुन् । प्रतियोगिताको अन्तिम छनोट असोज ३ गते आर्मी अफिसर क्लबमा हुनेछ । पहिलो संकरणको विजयी सबिता लामिछाने भएकी थिईन् ।