राजविराज, १३ भदौ । पुनरावेदन अदालत बार एकाई राजविराज सप्तरीका पूर्व अध्यक्ष अधिवक्ता सुरेश कुमार चौधरीको सोमवार बेलुकी असामयिक निधन भएको छ ।
राजविराज नगरपालिका वडा नम्वर–२ निवासी ५७ वर्षिय चौधरीको आफ्नै निवासमा मृत्यु भएको हो । घाँटी सम्वन्धि रोगबाट ग्रसित उनी केही महिनादेखि सिकिस्त विरामी रहँदैआएका थिए । विगत दुई दशकदेखि वकालत पेशामा रहेका उनका दुवै छोरा विदेशमा रहेकोले आएपछि मात्र अन्तिम संस्कार गरिने पुनरावेदन बार एसोसिएसनका पूर्व अध्यक्ष दुर्गानन्द चौधरीले जानकारी दिएका छन् ।