• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

नयाँ शक्तिका सप्तरी संयोजक अनिलको रिट सर्वोच्चद्वारा खारेज

नयाँ शक्तिका सप्तरी संयोजक अनिलको रिट सर्वोच्चद्वारा खारेज

राजविराज, १३ भदौ । नयाँ शक्ति नेपालका सप्तरी संयोजक अरुण कुमार साह ‘अनिल’लाई हिरासतमा राखिएको विरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।
२०५९ सलमा जनयुद्धको बेला रायपुर स्वाबलम्बन बैकको १६ हजार रुपैया कब्जा गरेकोमा सप्तरी जिल्ला अदालतले २०७१ सालमा उनलाई ४ वर्ष डेढ महिना जेल सजाय तोकेको थियो । अदालतको म्याद तामेलीमा अरुणको फर्जी हस्ताक्षर रहेको र सो विरुद्धमा परेको रिटलाई सवोच्चले खारेज गरेपछि सप्तरीवासी आश्चर्यचकित भएका छन् । जनयुद्धकालका प्रायः सबै मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत सल्ट्याउने समझदारी भईसकेको अबस्थामा अरुण कुमार साहको मुद्दालाई ब्युताउने तथा उनको विरुद्धमा फैसला गर्नुले जिल्लावासी आश्चर्यचकित भएका छन् ।
यस्ता कैयौ मुद्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि समेत रहेको छ । स्वयंं तात्कालीन गृहमंत्री शक्ति बस्नेतको ईसारामा अनिललाई गिरफ्तार गरिएको थियो, उनीमाथि यो भन्दा पनि ज्यानमार्ने उद्योग खालको मुद्दा अदालतमा विचाराधीन छन् । हिजो नयाँ शक्तिका नेता रामरिझन यादव अनिललाई भेट्न जेल पुगेका अनिललाई अदालतको फैसलाको बारेमा विस्तृत जानकारी गराएका छन् ।