• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
नारायणी उप–क्षेत्रीय अस्पताललाई पंखा

वीरगंज, १२ भदौ । नारायणी उप–क्षेत्रिय अस्पताल वीरगञ्जमा पंखाको अभावमा विरामीहरुलाई समस्या भएपछि स्वतन्त्र मानव अधिकार समाज वीरगञ्जको पहलमा ६ थान पंखा उपलब्ध गराईएको छ ।
समाजसेवी एवं उद्योगपती सत्यनारायण क्यालद्वारा ६ थान एडजेष्ट (पंखा) उपलब्ध गराईएको हो । करिव ३५ हजार मुल्य बराबरको पंखा नारायणी उपक्षेत्रिय अस्पताल वीरगञ्ज कर्मचारी युनियनका अध्यक्ष रामेश्वर प्रसाद, प्रशासनका कर्मचारी संतोष सिंह र स्टोर प्रमुख बिरेन्द्र प्रसाद चौधरीलाई सदभावना पार्टीका केन्द्रीय सदस्य निजामुदिन समानी एवं समाजसेवी मुकेश सरवागीले हस्तान्तर गरेका छन् ।
स्वतन्त्र मानव अधिकार समाजका अध्यक्ष कृष्णा कुमार खनालको सभापतित्वमा आयोजित कार्यक्रममा पंखा हस्तान्तरणसँगै दश थान सोलार लाइट जडान गर्ने समेत समाजसेवी क्यालले प्रतिवद्धता जनाएका छन् । यस अघि क्यालले सात वटा पंखा अस्पताललाई प्रदान गरिसकेका छन् ।