• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
रुपन्देहीमा मैथिल विद्यार्थी समाज गठन

बुटवल, १२ भदौ । रुपन्देहीको भलवारी स्थित सेन्ट जोसेफ कलेजमा शनिवार आयोजित एक कार्यक्रमका बीच मैथिल विद्यार्थी समाजको तदर्थ समिति गठन गरिएको छ ।
मैथिल समाज नेपाल रुपन्देहीका अध्यक्ष मुखीलाल चौधरीको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया तथा मैथिल विद्यार्थी समाजको गठन कार्यक्रममा समिति गठन गरिएको हो । कृषि क्याम्पस पक्लीहवा, युनिभर्सल मेडिकल कलेज पक्लीहवा, लुम्बिनी इन्जिनियरिड़्ग कलेज भलवारी तथा लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पाका बिद्यार्थीहरुको सहभागितामा मैथिल विद्यार्थी समाजको गठन गरिएको जनाईएको छ ।
समितिको अध्यक्षमा सुदिष्ट कुमार सिंह, उपाध्यक्षमा नितिश महतो र सचिवमा प्रदिप कुमार यादवलाई चयन गरिएको छ । सदस्यमा धीरेन्द्र प्रताप ठाकुर, अभिषेककुमार साह, आनन्दकुमार माझी, सञ्जयकुमार माझी, रसुल राइन र धीरजकुमार दास रहेका छन् ।maithul (3)
उक्त कार्यक्रममा मैथिल समाज नेपाल र मैथिल महिला समाज रुपन्देही, बुटवलका पदाधिकारी, कार्यकारी सदस्य, आजीवन सदस्य तथा सक्रिय सदस्यहरुको सहभागिता रहेको थियो । नव गठित कार्य समितिका पदाधिकारीलाई मैथिल समाज नेपाल रुपन्देहीका अध्यक्ष मुखीलाल चौधरीले बधाई एवम् शुभकामना दिएका छन् ।
कार्यक्रममा बिद्यार्थीहरु सन्तोष मण्डल, नसीम अक्रम, धीरजकुमार दास, दीपनरेश यादव, समाजका आजीवन सदस्य अमरेन्द्र कुमार सिंह, आजीवन सदस्य एवम् सल्लाहकार बिद्या सागर झा, मैथिल महिला समाजकी अध्यक्ष अनिता झालगायतले मन्तव्य व्यक्त गरे । समाजका उपाध्यक्ष विजय कुमार झाले गरे भने कार्यक्रम सञ्चालन समाजका सचिव नागेन्द्र राय यादवले गरे ।