नेपाल ब्युटिसियन संघ पर्साको जिल्ला परिषद सम्पन्न

नेपाल ब्युटिसियन संघ पर्साको जिल्ला परिषद सम्पन्न
Bwtech New Add With Software & Bull SMS

वीरगञ्ज, ११ भदौ । नेपाल ब्युटिसियन संघ पर्साको जिल्ला परिषद् शनिवार वीरगञ्जमा सम्पन्न भएको छ ।
वीरगञ्जको गीता मन्दिर रोडमा रहेको बृन्दावन होटलमा संघकी जिल्ला अध्यक्ष उर्मिला थापाको अध्यक्षतामा आयोजित परिषदको नेपाली काँग्रेसका नेता दिना गुप्ताले उद्घाटन गरेका छन् । नेपाल ब्युटिसियन संघ पर्साको जिल्ला परिषद तथा महिलाहरुको महान पर्व तीजको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता गुप्ताले ब्युटिसियसनहरूले घर गृहस्थी र पेशासँगै राजनीतिक अधिकारका लागि पनि सक्रीय हुनुपर्नेमा जोड दिए ।
हरेक क्षेत्रमा महिलाका लागि ३३ प्रतिशत आरक्षण दिने भनिएको भएपनि त्यसो हुन नसकेको अवस्थामा महिलाहरू अग्रसर हुनुपर्नेमा उनले बताए । कार्यक्रममा नेपाल टे«ड युनियन पर्साका सचिव छोटेलाल प्रसाद साहले नेपाल ब्युटिसियन संघ पर्सा गठन गर्दाका कठिनाईको चर्चा गर्दै ब्युटिसियनहरुले सदस्यता समेत नविकरण नगरेकोमा असन्तुष्टि व्यक्त गरे । ब्युटिसियनहरूलाई श्रमिक सहकारीमा आवद्ध भएर लाभ लिन सुझाव समेत उनले सुझाव दिए ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव अशोक जयसवाल, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य विजय कुशवाहा, नेपाल ट्रेड युनियन कांग्रेसका मध्य क्षेत्रिय अध्यक्ष अमृतलाल जोशी, पर्सा अध्यक्ष लक्ष्मण प्रसाद कुर्मी, उपाध्यक्षद्वय कमला बाँस्कोटा, दिलिप बराल, श्रमिक संघका केन्द्रीय अध्यक्ष चन्द्र नारायण सिंह, नेपाल ब्युटिसियन संघ बाराकी अध्यक्ष शोभा सर्राफ लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । परिषदपछि तीज विशेष कार्यक्रम समेत आयोजना गरिएको ब्युटिसियन कल्पना खड्काले बताईन् ।
यसअघि नेपाल ब्युटिसियन संघ पर्साले शनिवारै बिहान घण्टाघरबाट ¥याली निकालेको थियो । ¥याली घण्टाघरबाट माइस्थान, आदर्शनगर हुँदै बृन्दावन होटल पुगेर सभामा परिणत भएको थियो ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *