• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सितापुरमा चौबिस कोठे स्वास्थ्य चौकी भवन शिलान्यास

बृजमान तामाङ
बिरेन्द्र बजार, १० भदौ । सप्तरीको सितापुर स्थीत स्वास्थ्य चौकी परिसरमा शुक्रबार २४ कोठे स्वास्थ्य चौकी भवनको शिलान्यास गरेको छ ।
सहरी बिकास तथा भबन निर्माण डिभिजन विभाग सप्तरीका प्रमुख मिलन आचार्यले एक कार्यक्रमको बीच स्वास्थ्य चौकी भवनको शिलान्यास गरेको गरेको हो । स्वास्थ्य मन्त्रालयको १ करोड ६१ लाखको लागतमा निर्माण हुने दुई तल्ले भवनमा २४ ओटा सुबिधा सम्पन्न कोठाहरु रहने ईलाका स्वास्थ्य चौकी सितापुरका ईन्चार्ज जनस्वास्थ्य निरिक्षक निरन्जन यादवले बताए ।
एक बर्ष भित्र निर्माण सम्पन्न गरिने भबन निर्माण गर्ने ठेक्का काठ्माण्डौका एडी बिल्डर्सले लिएको जनाएको छ । भबन शिलान्यास कार्यक्रममा ईन्जिनीयर हरिनारायण यादवसहितका स्थानीय बुद्धीजीबी, उपभोक्ता समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।