• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
१३ जना मन्त्रीको सपथ ग्रहण

काठमाडौं, १० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारका १३ जना मन्त्रीहरुले शुक्रवार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
नेपाली काग्रेसको तर्फबाट सहभागी १३ जनाको पद् तथा गोपनियताको सपथ ग्रहण गराईएको हो । मन्त्रीहरुलाई प्रधानमन्त्री दाहालको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित एक कार्यक्रममा पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।
सपथ ग्रहण गर्नेहरुमा अर्जुननरसिंह केसी शहरी विकास, प्रकाशशरण महत परराष्ट्र, बालकृष्ण खाँड रक्षा, केशवकुमार बुढाथोकी सामान्य प्रशासन र सुर्यमान गुरुङ श्रम तथा रोजगार, रोमी गौचन थकाली वाणिज्य, सितादेवी यादव शान्ति तथा पुननिर्माण, जीवनबहादुर शाही संस्कृति पर्यटन तथा नागरिक उड्डयन, दीपक गिरी सिचाई, नविन्द्रराज जोशी उद्योग, शंकर भण्डारी बन तथा भुसंरक्षण, गगन थापा स्वास्थ्य र हृदयराम थानी सहकारी तथा गरिवी निवारण मन्त्री रहेका छन् ।