मोरङ, १० भदौ । मोरङको पथरी–शनिश्चरे–१ स्थित जाँते मोडमा शुक्रवार विहान मे. ७ प ४३०२ नम्बरको मोटरसाइकल र साइकल एक आपसमा ठोक्किंदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकलका चालक झापा गरामनी–८ का राजु तिम्सिना रहेका छन् । तिम्सिनाको उपचारकालागी पथरी अस्पतालतर्फ लैजाने क्रममा विहान मृत्यु भएको छ । दुर्घटनामा परी घाइतेहरुमा साइकलयात्री पथरी–शनिश्चेर–३ का तेज बहादुर राय, सोही नगरपालिका १ का गणेश नेपाली र मोटरसाइकल पछाडि सवार झापा गरामनी–८ का रोशन कटुवाल छन् । उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।