औद्योगिक क्षेत्रमा युवा सम्मेलनको तयारी अन्तिम चरणमा

औद्योगिक क्षेत्रमा युवा सम्मेलनको तयारी अन्तिम चरणमा
Bwtech New Add With Software & Bull SMS

राजविराज, २६ साउन । सप्तरी जिल्लामा पहिलो पटक आयोजना हुन लागेको युवा सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ ।
गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा बुधवार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमबारे जानकारी दिईएको हो । आगामी साउन २८ र २९ गते सप्तरी युवा सम्मेलन गर्न लागिएको उक्त कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगिसकेको सम्मेलन आयोजक समितिका संयोजक श्रवण देवले जानकारी दिए ।
सम्मेलन अघि हालसम्म विभिन्न सरकारी तथा गैरसरकारी निकायका साथै युवाहरुसँग छलफल तथा प्रत्येक क्षेत्रमा समितिहरु समेत गठन गरिएको उनले बताए । सप्तरी जिल्लाको ९१ गाविसबाट दुई–दुई र चार नगरपालिकाबाट चार–चार जना युवा प्रतिनीधिहरु सहभागिता हुने उनले जानकारी दिए ।
प्रत्येक गाविस र नगरपालिकाबाट सहभागी हुने युवा सहभागीले आ–आफ्नो क्षेत्रमा रहेका युवाको समस्या सम्मेलनमा राखेर समाधानका उपायबारे समेत सम्वन्धित क्षेत्रका विज्ञहरुबाट समाधानका उपायको खोजी गरिने पत्रकार सम्मेलनमा उनले जानकारी दिए । संयोजक देवले भने ‘जिल्लामा पाँच प्रतिशत युवा लागूऔषध प्रयोगकर्ता रहेको, बेरोजगारी समस्याका कारण अधिकांश युवा विदेश पलायन भएको तथा राजननीतिक दलहरुले समेत युवाका विषयमा ठोस रणनीति ल्याउन सकेको छैन ।’
जिल्लामा २२ बिघा क्षेत्रफलमा भौतिक संरचनासहितको औद्योगिक क्षेत्र भए पनि कुनै उद्योग सञ्चालन नहुँदा युवाहरुलाई बेरोजगारीको सामना गर्नुपरेकाले औद्योगिक क्षेत्रको मुद्दा समेत युवा सम्मेलनमा प्राथमिकताकासाथ उठाईने संयोजक देवले बताए । स्थानीय निकायलगायत हरेक क्षेत्रमा महिला, बालबालिका, दलितलगायतका क्षेत्रमा बजेट विनियोजना गर्दैआए पनि युवालाई उपेक्षा गरेको उनले गुनासो गरे । सम्मेलनलाई सफल पार्न आ–आफ्नो स्थानबाट सहयोग गर्न युवाहरुको तर्फबाट उनले आग्रह गरे ।
उनका अनुसार जिल्लाको विभिन्न स्थानबाट आएका युवाहरुको प्रतिनीधिमूलक सहभागितामा शुक्रवार विहान प्रभातफेरी पश्चात राजविराज स्थित गजेन्द्र चौकबाट पाँच सय एक ओटा बैलुन समेत उडाउने कार्यक्रम रहेको छ ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *