वीरगञ्ज, २१ साउन । वीरगञ्ज पब्लिक कलेज (बिपीसी)को आयोजनमा वीरगञ्जमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
सद्भावना पार्टी वीरगंज नगर अध्यक्ष ओमप्रकास सर्राफको प्रमुख आतिथ्यमा सम्पन्न रक्तदान कार्यक्रममा २१ महिला सहित ११० जनाले रक्तदान गरेका रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख प्रविन मानन्धरले बताए । रक्तदान कार्यक्रममा शारदा साह, शिल्पी अग्रवाल, आशुतोष बैद्य, आरती साह, अमीर मगर, सन्देश श्रेष्ठ ,पुजा साह ,सुनित कुशवाहा, जयप्रकास गुप्ता, मुकेश गुप्ता, एमडी अस्लम, सृष्टि रञ्जितकार, सदभावना पार्टी पर्साका युवा नेता अनिल साह लगायतकाले रक्तदान गरेका छन् ।
कलेज प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा समाजसेवी प्रकाश चौधरी थारु, सद्भावना पार्टी पर्साका युवा नेता धर्मेन्द्र पटेल, शेख मुन्ना, एनपीडेलीका पत्रकार दिपक चौरसिया, राकेश साह , वीपिसी कलेजका प्रशासकीय अधिकृत संकल्प शाक्य, प्रेम पटेल, रामप्रसाद सहनी, हरि रतन तुलाधर, युगल प्रसाद लगायतको उपस्थिति रहेको थियो । रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख प्रविण मानन्धर, प्राविधिक जितेन्द्र कुशवाहा लगायतको प्राविधिकहरुले सहयोग गरेको कलेजका प्राध्यापक एवं कार्यक्रम संयोजक अरबिन्द श्रेष्ठले बताए ।
रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै नगर अध्यक्ष सर्राफले वीरगञ्जमा रगतको अभाव भईरहेको समयमा बिपिसी कलेजले आयोजना गरेको रक्तदान कार्यक्रम महत्वपुर्ण साबित हुने बताए । पढाइसँगै अतिरिक्त क्रियाकलापमा समेत बिपिसी कलेज अब्बल रहेको चर्चा गर्दै अगामी दिनहरु पनि यस कलेजले समाजको हक हितको लागि यस्तै रचनात्मक क्रियाकलाप गर्दै जाने आशा व्यक्त गरे ।