• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

आइडिएलले मनाए १८ औं स्थापना दिवस, सहकारीले उत्पादनशील कार्यमा लगानी गर्नुपर्छः अध्यक्ष पोखरेल

आइडिएलले मनाए १८ औं स्थापना दिवस, सहकारीले उत्पादनशील कार्यमा लगानी गर्नुपर्छः अध्यक्ष पोखरेल

राजविराज, १९ साउन । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश पोखरेलले सहकारीले जनतालाई जोड्ने काम गरेको भन्दै सहकारीकै माध्यमबाट क्रान्ति ल्याउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
आइडियल सहकारी संस्था लिमिटेड राजविराजको १८ स्थापना दिवसका अवरमा बुधवार आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । प्रमुख अतिथि पोखरेलले देशको अर्थतन्त्र सुदृढिकरण र समृद्धिकालागि सहकारी मूल आधार भएको प्रष्ट्याउँदै भने ‘राजनीतिले बरु जनतालाई फुटाउने काम गरेको छ तर सकारीले त जोड्ने काम गरेको छ ।’d
विदेशबाट आउने रेमिन्टान्स उत्पादनशील काम प्रयोग हुन नसकिरहेका कारण विकास प्रक्रिया समेत प्रभावित भएको भन्दै प्रमुख अतिथि पोखरेलले सहकारीलाई गाउँ–गाउँसम्म लानुपर्ने आवश्यकता औंल्याए । निजी बैंकहरु अत्यधिक मुनाफाकालागि खोलिे गरिएको प्रष्ट्याउँदै उनले भने ‘निजी बैंकहरुको कार्यशैली र नीति फरक छ तर सहकारीको निती फरक छ, त्यसैले सहकारीको पहिचान पनि पृथक छ ।’ सहकारीहरुले समाजिक विकास तथा उत्पादनशील कार्यमा लगानी गरेर मात्र नभई तालिम दिएर दक्ष बनाउने काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमका विशिष्ठ अतिथि सहकारी डिभिजन कार्यालय लहानका प्रमुख रामप्रसाद सुवेदीले सहकारीहरुले समाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान दिईरहेको भन्दै यसले सशक्त रुपमा काम गर्नुपर्नेमा जोड दिए । सहकारीकै कारणले रोजगारीको अवसर सिर्जना गर्नुकासाथै साना उद्योग व्यवसायको प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिईरहेको भन्दै उनले यसको विस्तारमा उनले जोड दिए ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवम् आइडियल सहकारी संस्थाका संस्थापक समेत रहेका सुमनराज प्याकुरेलले आफूले शुभारम्भ गरेको संस्थाले अपेक्षाभन्दा पनि बढी प्रगति गरेको बताए । सप्तरीको भूमीसँग आफ्नो अगाध प्रेम रहेको भन्दै यो जिल्लाले हरेक क्षेत्रमा राम्रो गरेको देख्ने आकांक्षा रहेको भन्दै आफूबाट हुनसक्ने सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।c
सहकारी संस्थाका अध्यक्ष गणेश कुमार आशले ४२ जनाको समूहबाट शुरु भएको संस्थामा हाल ५ हजार २४ जनाको विशाल सङ्गठन रुप ग्रहण गरेको हाल २ करोड २ लाख ८४ हजार ५ सय ३६ रुपैयाँ पुगेको जानकारी दिए । कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष आशले गत आर्थिक वर्षमा एक अर्ब ६७ करोड ९९ लाख ८७ हजार २ सय १३ रुपैयाँ बचत संकलन गरी १ अर्ब ४० करोड १३ लाख ८७ हजार ६ सय ६५ रुपैयाँ ७३ पैसा भुक्तानी गरेको तथा गत आर्थिक वर्षमा ५९ करोड २ लाख ३१ हजार ५ सय २४ रुपैयाँ ऋण लगानी गरेको बताए । संस्थाले प्राप्त गरेको मुनाफाबाट सामाजिक क्षेत्रमा समेत लगानी गर्ने उनले समारोहमा प्रतिवद्धता व्यक्त गरे ।
सोही अवसरमा बचतकर्ता रामेश्वर चौधरी र ऋणी कृष्णदेव मण्डललाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । यसैगरी २०७२ सालको एसएलसी परीक्षामा सवोत्कृष्ट अंक ल्याउने दुई जना छात्र–छात्रालाई जनही पाँच हजार एक सय रुपैयाँसहित सम्मानपत्रबाट सम्मानित गरिने संस्थाका सञ्चालक समितिका सदस्य विजयानन्द झाले जानकारी दिए ।
समारोहमा नागरिक सञ्जालका संस्थापक अध्यक्ष सुखराम यादव, नागरिक समाज सप्तरीका कार्यवाहक अध्यक्ष थानसिंह भन्सालीलगायतले शुभकामना मन्तव्य व्यक्त गरे । सोही कार्यक्रममा स्वागत मन्तव्य सहकारीका सञ्चालक समिति सदस्य शैलेश कुमार चौधरीले गरे । कार्यक्रममा विभिन्न क्षेत्रसँग सम्वन्धि विशिष्ठ व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।