राजविराज, १५ साउन । मिथिला स्टुडेन्ट युनियन नेपालद्वारा सप्तरीको अति विकट मानिएको टापुमा अवस्थित गोबरगाढाका बाढी पिडित बालबालिकालाई राहत स्वरुप शैक्षिक सामग्री शनिवार वितरण गरिएको छ ।
शारदा निम्न माध्यमिक विद्यालय गोबरगाढाको प्राङ्गनमे बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो । स्थानीय वासिन्दा समेतको रोहबरमा मिथिला स्टूडेन्ट युनियन नेपालका सदस्यहरुले १ सय ७ जना विद्यार्थीलाई राहत वितरण गरेको युनियनको रितेश मैथिलले जानकारी दिए ।
यातायातको साधनको उपलब्धता नभएकोले युनियनका १० जना युवाहरुले टाउकामा बोकेर लगेको २० हजार रुपैयाँको शैक्षिक सामग्री वितरण गरिएको युनियनका गजेन्द्र गजुरले बताए । शैक्षिक सामग्रीमा कापी, कलम, पेन्सिल, चाउचाउ, साबुन, लगायत अन्य सामग्री रहेको छ । राहत सामग्रीकालागि मैथिलीका मुर्धन्य साहित्यकार धीरेन्द्र प्रेमर्षीले दश हजार रुपैयाँ उपलब्ध गराएका थिए । स्थानीय युवा तथा विदेशमा रहेका युवाहरुले सहयोग गरेका थिए ।