राजविराज, १५ साउन । मधेशी मोर्चा सप्तरीको पहिलो स्थापना दिवसको अवसरमा शनिवार फलफूल वितरण गरेको छ ।
मधेश र मधेशी जनताको हक अधिकारकालागि संघर्ष गर्न गठित मोर्चाले राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका विरामीलाई फलफूल वितरण गरेको छ । उक्त कार्यक्रममा मोर्चाका नेताहरुको सहभागिता रहेको संयोजक नरेन्द्र प्रसाद यादवले जानकारी दिए । यसैगरी राजविराज स्थित बाल कल्याण गृहका बालबालिकालाई समेत फलफूल वितरण गरिएको उनले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।