• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
बिराटनगरमा गेटवेल अस्पताल सञ्चालनमा

जितेन्द्र ठाकुर
विराटनगर, २८ असार । पुर्वाञ्चलमा पहिलो पटक महिला तथा प्रसुती एवमं नवजात शिशुको पूर्ण उपचार एकै स्थानमा दिने उदेश्यले गेटवेल अस्पताल मङ्गलवारदेखि सञ्चालनमा आएको छ ।
अन्य निजि अस्पताल भन्दा फरक र सस्तो तथा सुविधा सम्पन अस्पतालको रुपमा मङ्गलवारदेखि विराटनगरको अस्पताल चौकमा गेटवेल हस्पिटल सञ्चालनमा आएको हो । एक करोडको लगानीमा सञ्चालनमा आएको अस्पताल १५ वेडको रहेको अस्पतालका सञ्चालक समितिका अध्यक्ष राकेश मिश्राले जानकारी दिए ।
उनका अनुसारमा अस्पतालमा विरामीको चाप बढाउनु भन्दा पनि गुणस्तरीय सेवा र विरामीलाई सुविधा सम्पन्न उपचार दिने प्रमुुख उदेश्य रहेको छ । अस्पतालभरी नै एसी जडान गरिएको छ । अस्पतालमा कार्यरत कर्मचारीहरुलाई मुस्कान सहितको सेवा दिने निर्देशिका बनाएको बताइएको छ ।
अस्पतालमा वरिष्ठ महिला तथा प्रस्तुती रोग विषेशज्ञ डा संगिता मिश्रा, डा. मधुमिता राभाका साथै बालरोग विषेशज्ञ डा रामनारायण चौधरी र डा प्रकाश राणाले विरामीलाई विशेषज्ञ सेवा प्रदान गर्ने जनाईएको छ । अस्पताल परिसरभित्रै विरामीलाई खाने क्यान्टिनको व्यवस्था गरिएको छ । उक्त अस्पतालमा चार वेडको एनआईसियु समेत सञ्चालनमा ल्याएको छ ।
फोटो पनि छ ।