• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीसहित देशैभरि भव्यतापूर्वक ईद उल फित्र मनाईदै

सप्तरीसहित देशैभरि भव्यतापूर्वक ईद उल फित्र मनाईदै

राजविराज, २३ असार । मुस्लिम समुदायको महान पर्व ईद उल फित्र (ईद) सप्तरी सहित देशैभरि विहीवार भव्यताका साथ मनाइँदै छ ।
ईदका अवसरमा राजविराज–३ स्थित नुरी जामा मस्जिदमा चन्द्रमा हेरिसकेपछि शुभकामना आदान–प्रदानको क्रम शुरुवात भएको थियो । एक महिनाको लामो दैनिक उपवासपछि ईदको घोषणा भएपछि मस्जिद तथा वरपर ईदको माहौलमा रौनकता छाएको छ ।
आफन्तजनले एक–अर्काको गला मिलाएर ईद मुबारक भन्दै शुभकामना आदान–प्रदान गर्ने क्रम शुरुवात भएको छ । नुरी जामा मस्जिद तथा आसपासका क्षेत्रमा व्यापार साज–सज्जा गरी सजाईएको छ । विहीबार विहानैदेखि एक–अर्कासँग काँधमा काँध मिलाएर ईद मुबारक भन्दै शुभकामना आदान–प्रदान गरिएको छ ।
सप्तरीसहित विभिन्न जिल्लाहरुमा ईद उल फित्र पर्व विशेष महत्वका साथ मनाईएको छ । यस पर्वका अवसरमा मुस्लिम धर्मावलम्वीहरुले हिन्दु धर्मावलम्वीहरुलाई निम्तो दिएर खानाको विभिन्न परिकारहरु खुवाएर सामाजिक सद्भावको अद्भूत नमूना प्रस्तुत गरेका छन् ।
ईस्लाम धर्मको पाँच स्तम्भमध्ये रमजान एक हो । यसपर्वमा सम्पन्न मुस्लिमहरुमा पाँच तौला सुन र साढे बाउन्न तौला चाँदी हुने व्यक्तिले गरिब समुदायलाई कुल सम्पतीको साढे दुई प्रतिशत दान गर्ने अनिवार्यता रहेको युवा नेता युसुफ अलीले जानकारी दिए । उनका अनुसार यसरी दिनेृ दानलाई जकात भन्ने गरिन्छ ।