• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सवारी दुर्घटनामा एकको मृत्यू

राजविराज, १२ असार । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्वर–८ स्थित पुर्ब–पश्चिम राजमार्गमा आइतवार सवारी दुर्घटनामा परि एक जनाको मृत्यू भएको छ ।

दुर्घटनामा परि मोटरसाइकल चालक सप्तरीको बक्धुवा गाउँ विकास समिति वडा नम्वर–४ का १९ का मो. मफुरोज मियाँको मृत्यू भएको हो । गम्भीर घाइते भएका मफुरोजको उपचारार्थ गोल्डेन अस्पताल पठाईएकोमा उपचारकै क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना.अ.अ.६७३ को माईक्रो बस र बिपरित दिशाबाट जाँदै गरेको स ५ प ८६ को मोटरसाइकल एक आपसमा ठोक्किएको थियो । माईक्रो र माईक्रो चालकलाई ईलाका प्रहरी कार्यालय कल्याणपुरको नियन्त्रणमा राखिएको छ ।