• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

मदन–आश्रित क्रिकेटको उपाधि पुलिस क्लवलाई

मदन–आश्रित क्रिकेटको उपाधि पुलिस क्लवलाई

राजविराज, ९ असार । सप्तरी सदरमुकाम राजविराजमा सञ्चालित दोश्रो मदन आश्रित राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जित्न सफल भएको छ ।

बिहीवार सम्पन्न फाइनल खेलमा जनकपुरलाई ४९ रनले पराजित गर्दै पुलिसले उपाधी हात पार्न सफल भएको हो । उपाधीसँगै बिजेता पुलिसले ट्रफीसहित नगद रु. १ लाख हात पार्न सफल भएको छ । उपविजेता जनकपुरलाई रु. ५० हजार नगद तथा ट्रफी प्रदान गरिएको छ ।
राजदेबी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको नेपाल पुलिस क्लबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७८ रनको योगफल खडा गरेको थियो । राष्ट्रिय खेलाडीको बर्चस्व रहेको पुलिसको लागि प्रेम तामांगले सर्बाधिक ३०, योगेन्द्र कार्कीले २९, दिपेन्द्र ऐरीले २६, सिद्धान्त लोहनीले २३ तथा कुशल भुर्तेलले अविजित २० रन योगदान दिएका थिए । बलिङ्गतर्फ जनकपुरका तर्फबाट मेहबुब आलमले सर्बाधिक ३ विकेट लिए भने कप्तान राज मोहम्मद र संजोक कर्णले समान २–२ विकेट हात पारे ।
प्रतिउत्तरमा १ सय ७९ रनको विजयी लक्ष्य लिई ब्याटिङ्ग गर्न मैदानमा उत्रेको जनकपुरले निर्धारित २० ओभरमा १ सय २९ रन मात्र जोड्न सके । जनकपुरकोलागि सौरभ नागबंशीले अविजित ३५, गोपाल सिंहले अविजित २९ तथा इशान पाण्डेले २१ र अभिषेक झाले १९ रन बनाए पनि त्यो जितको लागि प्रर्याप्त भएन ।
पुलिसका रामनरेश गिरिले ३ विकेट,े दिपेन्द्र ऐरीले २ तथा कुशल भुर्तेल र मन्जित श्रेष्ठले १–१ विकेट हात पारे । प्रतियोगिताको उत्कृष्ट खेलाडि होराइजन क्रिकेट एकेडेमी (बिराटनगर) का पुष्प थापा, उत्कृष्ट ब्याट्सम्यान नेपाल पुलिस क्लबका शंकर राना तथा उत्कृष्ट बलर जनकपुर टिमका राज मोहम्मद घोषित भए ।
प्रतियोगिता पश्चात आयोजित पुरस्कार वितरण कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य सुमनराज प्याकुरेल, नेकपा एमाले जिल्ला अध्यक्ष गोबिन्द न्यौपाने, जिल्ला खेलकुद विकास समितिका प्रमुख लक्ष्मण मण्डलले बिजेता टिम तथा खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।