• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

सिने संसारको वार्षिकोत्सवमा कलाकारहरु सम्मानित

सिने संसारको वार्षिकोत्सवमा कलाकारहरु सम्मानित

काठमाण्डौ, २९ जेठ । मधेशको कला संस्कृति र मनोरञ्जन सम्बन्धि मैथिली सन्देश प्रवाह गर्ने त्रैमासिक पत्रिका मैथिली सिने संसार पाँचौ वर्षमा प्रवेश गरेको छ ।
विभिन्न आरोह–अवरोह पार गर्दै चार वर्ष पूरा गरी पाँचौ वर्षमा प्रवेश गरेको अवसरमा मधेश मिडिया हाउसमा शनिवार एक कार्यक्रमको आयोजना गरियो । मैथिली सिने संसारले आयोजना गरेको वार्षिकोत्सव समारोहमा मधेशका कला संस्कृति क्षेत्रका अगुवाहरुले पत्रिकाको उतरोत्तर प्रगतिको कामना गरेका छन् ।
मधेशको कला संस्कृतिको जगेर्ना गर्ने मैथिली सिने संसार राज्य र मधेशवादी दलहरुबाट पनि उपेक्षित भएको कार्यक्रमका वक्ताहरु धारणा राखे । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गायक हरिशंकर चौधरीले मधेशको कला संस्कृतिकाबारेमा जगेर्ना गर्ने एक मात्र पत्रिका भएकोले यसलाई निरन्तरता दिन आग्रह गरे ।
कार्यक्रममा कलाकारहरु सरोज खेलाडी, तुलसी चौधरी, गायिका तनुजा चौरसिया, अञ्जली पटेल, युवा नेताहरु योगेन्द्र देव, प्रवीण लाभ, विनित ठाकुर लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । मैथिली सिने संसारका प्रकाशक तथा सङ्गीतकार कमल मण्डलको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव कार्यक्रममा गायिका तनुजा चौरसिया, अञ्जली पटेल, सरोज खेलाडी, विनीत ठाकुर र आनन्द गुप्तालाई एक थान डायरी र कमल दिएर दोसल्ला ओढाएर सम्मान गरिएको छ ।