राजविराज, १८ जेठ । जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीद्वारा सोमवार तम्बाकु विरुद्धको दिवस मनाईएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयबाट निकालिएको र्याली राजविराजको विभिन्न भाग परिक्रमा गरेको थियो । नगर परिक्रमा पश्चात जनस्वास्थ्य कार्यालयमा आयोजित कोण सभामा जन स्वास्थ्य कार्यालयका वरिष्ठ प्रशासकीय अधिकृत विजय झा, स्वास्थ्य अधिकार तथा सूर्ति नियन्त्रण जिल्ला सञ्जालका जिल्ल संयोजक पार्थो सरकार लगायतले मन्तव्य व्यक्त गरे ।
र्यालीमा शिब्स ईङ्गलिस बोर्डिङ्ग स्कूलका छात्रछात्रा, शिक्षक, उदयपुर टेक्निकल ईन्सिट्च्युटका विद्यार्थी, नेपाल प्रहरीलगायत विभिन्न संघ–संस्थाका प्रतिनीधिहरुको सहभागिता रहेको थियो ।