आज (मङ्गलवार)बालुवाटार प्रधानमन्त्री निवास वरिपरि देखिएका दृष्यहरु रमाइला थिए । कोही गीत गाइरहेको थियो । कोही नाचिरहेको थियो । कोही गम्छा–धोती लगाएको थियो । कोही टोपी–बख्खु लगाएको थियो । खासगरी महिला अग्र पंक्तिमा थिए । मैले भेटें विभा ठाकुर जीलाई वहाँ मेरो जिल्लावासी र मेरो गाउँ नजिकैबाट आउनु भएको रहेछ । मेरो आमा समान उमेरकै हुनु हुँदो रहेछ । मैले वहाँलाई सोधेँः–
– किन आउनु भएको हो ?
विभा जीः अधिकारको लागि ।
– तपाईको के कस्तो अधिकार खोसिएको छ ?
विभा जीः मेरो माइती भारत हो तर मेरो विवाह नेपालको भूमिमा भएको छ । अहिलेसम्म कुनै संविधानले नरोके तर यो संविधानले रोकिदियो । अब म आफ्नो प्रदेशको मुख्यमन्त्री, सभामुख हुन नपाउने हो त ? यत्रो राजनीति गरेको छु । राजनीतिमा निपष्क्ष प्रतिस्पर्धा गर्न नदिने भए किन विवाह गरेर ल्याएको हो ? कि त विवाह–शादी बन्द गर्नु प¥यो । म आफ्नो घर, परिवार, छरछिमेक सारा थोक यहाँसम्म कि आफ्नो माटो समेत त्याग गरेर आएँ, जिन्दगीभरको लागि यो माटो अपनाएको छु ।
मैले जन्माएको छोरा छोरी तथा मेरो श्रीमानले सबै थोक पाउने तर म एक महिला भएको नाताले राजनीतिक अधिकारमा बन्देज किन ? त्यही भएर म काठमाण्डौं आएको छु । यत्रो सारा जीवन राजनीतिमा लगाएको हो तर मुख्य पदमा उम्मेदवार बन्न पाउने ढोका बन्द गरेको संविधान चाहिँदैन । त्यही भएर आफ्नो अधिकार नपाएसम्म काठमाण्डौ छोडेर जाँदैन ।
सलाम छ, स्वाभिमान नारीहरुलाई । यत्रो गर्मी घाममा अलिकति पनि नआत्तिएर बालुवाटारमा बस्न सकेकोमा ।
धोती गम्छा लाउँदैमा नेपाली बोल्न नआउँदैमा इन्डियन भन्न कहाँ पाइयो रु मलाई यही माटोको माया लाग्छ भन्ने सन्देश प्रवाह गर्दै यो आन्दोलनले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ ।
अधिवक्ता एवम् सामाजिक अभियन्ता दिपेन्द्र झाको फेसबुक वालबाट ।