• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मधेश आन्दोलन देशकै हितमाः अधिवक्ता झा

उपेन्द्र यादवजी, तपाई लगायत संघीय गठबन्धनका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई बधाई छ । खासगरी आजको सिंहदरवार केन्द्रित आन्दोलनले सकारात्मक सन्देश दिन सफल भएको छ ।

खासगरी मधेसी र आदिवासी जनजातीको सङ्गमले नेपालको संकुचित राष्ट्रियताको परिभाषालाई चकनाचुर गर्न पहिलो कदममा सफल भएको छ । त्यस्तै मधेशको आन्दोलन पहाड विरुद्धको रुपमा बदनाम गर्ने पात्रहरु आज लज्जित भएका छन् र यो आन्दोलन विभेद विरुदको राष्ट्रिय आन्दोलनको स्वरुप ग्रहण गर्न सफल भएको छ । सिंहदरवार पनि अत्तालिएका छन् । यसले वार्ता नगर्ने पेलेर जाने मनोबृति निरुत्साही भएका छन् र वार्ताका लागी आवश्यक भार बनाउन सफल भएको छ । खासगरी शान्तिपूर्ण अंिहंसात्मक आन्दोलन र पहाडी मधेशीको सङ्गम गजबको थियो ।
राष्ट्रिय मानव अधिकार आयोग, थर्ड एलायन्स, इन्सेक, मानव अधिकार प्रतिष्ठान लगायत काठमाण्डौका सञ्चार माध्यम, यातायात व्यवसायी र काठमाडौवासीले गरेको सहयोगका लागि सबै धन्यवादका पात्र हुन् । काठमाडौ केन्द्रित आन्दोलनले सरकारलाई दबाव पुग्दैन भने बिष्लेशनलाई राजनितिक आन्दोलनले गलत प्रमाणित गरिदिएको छ ।
विभेद विरुदको आन्दोलनले राष्ट्रिय स्वरुप ग्रहण गर्न सफल भएको एक दिनमा त न होला, तर नयाँ उचाई र पूर्नताजगी पाएको छ, यो आन्दोलन मधेशको मात्र होइन देशकै हितमा छ । अधिवक्ता एवम् मानव सामाजिक अभियन्ता दिपेन्द्र झाको फेसबुकबाट ।