राजविराज, ३० बैशाख । नगरस्तरीय बालसञ्जालको आयोजनामा राजविराजको राजरंगशाला र राजदेवी माध्यमिक विद्यालयको मैदानमा सञ्चालित तेश्रो अन्तर बिद्यालय जिल्ला स्तरीय टि–२० क्रिकेट प्रतियोगिता अन्र्तगतको फाइनलमा गौतम शिशु सदनले पिसजोन सेकेण्ड्रीलाई १४ रनले पराजित गर्दै उपाधी चुमेको छ ।
टस जिती पहिलो फिल्डिङ्ग गर्ने निर्णय गर्दै पिसजोनले गौतमलाई ब्याटिङ्गको लागि निम्तो दिए पछि ब्याटिङ्गको लागि ओर्लेको गौतमले निर्धारित २० ओभरको खेलमा ९ बिकेट गुमाई १ सय १८ रनको योगफल तयार पारे । एक समय १० रनमै ५ महत्वपुर्ण बिकेट गुमाई सकेका गौतमका लागि उदित राईले ५५ बलमा ७ चौका र २ चौकाको मद्दतले ७७ रन बनाए पछि गौतमले सम्मानजनक योगफल बनाए । उदित बाहेक आशिक अंसारी १२ ले मात्र दोहोरो अंक छुन सकेका थिए । बलिंग तर्फ पिसजोनका अनिल यादवले ३, जितेन्द्र मण्डले ४ तथा दयानन्द साह र सुरेश गुप्ताले सामान १ बिकेट लिए ।
१ सय १९ रनको लक्ष्य लिई मैदानमा ओर्लेको पिसजोनले १८ ओभर ५ बलमा सवै बिकेट गुमाई १ सय ४ रनमै सिमित भए पछि गौतमशिशुले १४ रनले जित हासिल गरे । पिसजोनलाई सस्तोमा समेटन गौतमका अभिशेक परियारले ४ तथा अभय थापाले ३ बिकेट लिएका थिए भने आशिक अंसारीले २ बिकेट लिएका थिए । पिसजोनका अन्तिम खेलाडि खेल्न नआएपछि टाउम आउटका आधारमा आउट दिएका थिए । खेलको म्यान अफ द म्याच आर्कषक ब्याटिंग गरेका उद्धित राइ घोषित भए ।
प्रतियोगिता अन्र्तगत प्रतियोगिता अवधिभर उत्कृष्ट प्रर्दशन गर्ने जानकी सेकेण्ड्रीका राजकुमार मुखिया, पिसजोनका दयानन्द साह बेष्ट ब्याट्सम्यान, बेष्ट फिल्डर गौतमका अभिषेक परियार, बेष्ट बौलर लिटल एन्जलका ब्रजेश झा तथा इमर्जिङ्ग खेलाडिको रुपमा गौतमका आनन्द साह लगायतलाई पुरस्कार तथा प्रमाण पत्र बितरण गरिएको थियो ।
प्रतियोगिता अन्र्तगत १९ बिद्यालयले सहभागिता जनाएको यस प्रतियोगिता लिग कम नक आउटको आधारमा खेलाईएको थियो । नगर बाल संजालद्धारा संचालित अन्तर बिद्यालय क्रिकेट प्रतियोगिता अन्र्तगत पहिलो संस्करणको बिजेता हयाप्पील्याण्ड सेकेण्ड्री स्कुल तथा दोश्रो संस्करणको बिजेता लिटल एन्जलस सेकेण्ड्री स्कुल रहेको जानकारी आयोजक समितिका संजिव शर्माले जानकारी दिनु भएको थियो ।