• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
राजश्व टोलीको डरले भागाभाग

राजविराज, २९ वैशाख । बुधवार साँझ करिब ६.३० बजेको समयमा राजविराज बजार क्षेत्रमा भागदौड मच्चियो । एक्कासी सुनचाँदी पसलेहरुले धमाधम सटर झार्दै भाग्न थालेपछि सर्वसाधारणमा गत वर्षको भूकम्प दोहोरियो कि भन्दै त्रसित भए । सर्वसाधारण जनता त्रसित भएको देख्दा अन्य पसलेहरु पनि आश्चर्य चकित हुँदै जिल्ल परे ।
सदरमुकाम राजविराजमा रहेको करिब ४० भन्दा बढी सुनचाँदी पसलमा आन्तरिक राजश्व कार्यालय लहानको टोलीले छापा मार्न शुरु गरेपछि यसरी भागदौड मच्चिएको हो । राजविराजको मुटु मानिने मुख्य सडक र हटिया लाइनमा रहेको सन्तोष ज्वेलर्स, न्यू गृहलक्ष्मी ज्वेलर्स, गृहलक्ष्मी ज्वेलर्स, महारानी ज्वेलर्स, न्यूश्री राजलक्ष्मी ज्वेलर्स, न्यू प्रियंका ज्वेलर्सलगायतका सुनचाँदी पसलहरु हतार–हतारमा पसल बन्द गरेका थिए ।
पसलेहरुमा छापा मार्न शुरु गरेको खबर एक्कासी फैलिएपछि बजारमा केही बेर भागदौड मच्चिएको थियो । भ्याट बिल नराखेको, कागजपत्र चुस्तदुरुस्त नरहेको, बिना दर्ता पसल सञ्चालनमा रहेको कारणले गर्दा पसलेहरु कार्वाहीमा पर्ने हो कि भन्ने डरले पसल बन्द गरेर भागेका थिए ।
यस विषयमा सप्तरी सुनचाँदी उद्योग व्यवसायी संघका अध्यक्ष राजेश कुमार साहले आन्तरिक राजश्व कार्यालय लहानको टोलीले अनुगमन गर्ने क्रममा केही पसलेहरुको कागजात नियन्त्रणमा लिएको स्वीकार गरे ।