नरेशचन्द्र बरबरिया
सिरहा, २८ बैशाख । नेपाल विधार्थी संघले आयोजना गरेको ७ दिने नेविस् गोल्ड कप अन्तराष्ट्रिय महिला फूटवल प्रतियोगितामा सोमवारको उद्घाटन खेल सर्लाही स्पोर्ट्स क्लब र सुनसरी एघार बिच भएको प्रतियोगोता सर्लाही स्पोर्ट्स क्लबले एक गोल गरी जित हासिल गरेका छन् ।
एक नम्वर जर्सीमा रहेकी रोशनी रुम्बाले सुनसरी ११ तर्फ एक गोल गरी विजयी भएकी छिन् । महिला फुटबल प्रतियोगितामा सर्लाही स्पोर्ट्स क्लब विजयी भईरोशनी रुम्बाले म्यान अफ दी म्याचको उपाधी हासिल गर्न सफल भएकी छिन् ।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा पूर्व शिक्षा मन्त्री श्रीमती चित्रलेखा यादव लगायत बिभिन्न सांसदहरु पदम् नारायण चौधरी, महेन्द्र यादव, मुख्तार अहमद स्थानीय समाज सेवी धीरेन्द्र साह, जिल्ला प्रहरी प्रमुख श्याम ज्ञवाली, सशस्त्र प्रहरीका डीएसपी नवराज बोहरा लगायतका ब्यक्तिहरुको उपस्थिति रहेको नेवि संघका अध्यक्ष सुभाष यादवले जानकारी दिए ।
नेवि संघको ४७ औ स्थापना दिवसको उपलक्ष्यमा उक्त कार्यक्रमको आयोजना गरेको अध्यक्ष यादवले बताये।उक्त खेलमा नेपाल तथा भारतको बिभिन्न ठाउँको महिला फूटवल खेलाडीहरु सहभागी हुने र यो खेल जेठ दुई गतेसम्म चल्ने छन् ।