बिहार । मुकेश पाठक सहित आधा दर्जन कुख्यात अपराधिहरुमाथि बिहार सरकारले एक–एक लाख रुपैयाँ पुरस्कार घोषणा गरेको छ ।
बिहार सरकारले राज्यका आधा दर्जन कुख्यात अपराधिहरुमाथि एक–एक लाख रुपैयाँ पुरस्कार घोषणा गरेको हो । उनीहरुमाथि दरभङ्गामा दुई जना इञ्जिनियरको हत्या गर्ने मुख्य आरोपी भनिएका मुकेश पाठक उर्फ चुटुल पाठकको नाम समेत रहेको छ । मुकेश वाहेक विभिन्न घटनामा फरार रहेका निकेश दुबे, शिवहरका कुख्यात अपराधी र दुई ओटा घटनामा फरार अभिशेक झा, सीतामढ़ीका विकास झा उर्फ कालियामाथि समेत एक–एक लाख रुपैयाँ पुरस्कार घोषणा गरिएको छ ।
राज्य सरकारका गृह विभागले गया, मोतिहारी, शिवहर एवम् सीतामढ़ी जिल्लाका फरार उग्रवादी तथा अपराधीहरुको गिरफ्तारीका लागि पुरस्कार घोषणा गरेको छ । इञ्जिनियर हत्याकाण्डका मुख्य आरोपी मुकेश मोतिहारीका १७ जना अपराधिक घटनामा प्रहरीहरुले खोजतलास जारी राखेको छ । गया जिल्लाका भारतीय कम्युनिष्ट पार्टी माओवादीका केन्द्रीय कमिटीका सदस्य कालिका यादव उर्फ पुन यादव २१ नक्सली काण्डमा फरार रहँदै आएको छ । यस अतिरिक्त जोनल सदस्य इन्दलजी उर्फ उमा भोक्ता उर्फ ललन भोक्तालाई पनि ३० नक्सली काण्डमा फरार रहँदै आएका कारण एक–एक लाख रुपैयाँको पुरस्कार घोषणा गरि वारेन्ट जारी गरिएको आरटिआइ न्यूजले जनाएको छ ।