• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

दोस्रो खेलमा पनि पुलिस क्लवलाई सप्तरीले हराए

दोस्रो खेलमा पनि पुलिस क्लवलाई सप्तरीले हराए

राजविराज, १७ वैशाख । नेपाल पुलिस क्लब र सप्तरी ११ बिच भएको दोश्रो तथा अन्तिम मैत्रीपुर्ण क्रिकेटमा सप्तरी ११ बिजयी भएको छ ।

पहिलो मैत्रीपूर्ण खेलमा समेत सप्तरी ११ ले जित हासिल गरेको थियो । शुक्रबार राजविराजस्थित रंगशालामा सम्पन्न दोश्रो खेलमा नेपाल पुलिस क्लबलाई ५ बिकेटले पराजित गरि सप्तरी ११ ले श्रृखला २–० ले आप्mनो पक्षमा पार्न सफल भएको हो । टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गरेको नेपाल पुलिस सप्तरी ११ का बलरहरुको घातक बलिंग सामु निरिह हुदै निर्धारित २० ओभरको खेलमा १८ ओभर २ बलमा सम्पुर्ण बिकेट गुमाई ९६ रनमा समेटिएको थियो ।
नेपाल पुलिसका लागि संजय साहले ३० बलमा ३५, बमबहादुर साहु १२ तथा नरेश रावलले ११ रन बनाएका थिए । सप्तरीका लागि रोबिन सिंहले ३ ओभर २ बलमाा १४ रन दिई ४ बिकेट लिएका थिए । अन्य बलरमा बिवेक यादवले ३ ताथ गुणानन्द राय र अनिल यादवले क्रमश ः २ र १ बिकेट लिएका थिए । ९७ रनको लक्ष्य लिई मैदानमा ओर्लेको सप्तरी ११ ले १६ ओभर ५ बलमा उक्त लक्ष्य ५ बिकेटको नोक्सानीमा हासिल गरेको थियो । सप्तरीका लागि महवुव आलमले ३० बलमा ४ छक्का र १ चौक्काको मद्दतले ३५ रन तथा बिजय मण्डल र युगल किशोर चौधरीले क्रमश १९ र १८ रन बनाएका थिए । बिजय मण्डल नटआउट भई फर्केका थिए ।
बलिङ्गतर्फ पुलिसका चन्द्रदेव जोशीले २ तथा चित्र बहादुर बिष्ट र नरेश रावले समान १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच घातक बलिङ्ग गरेका सप्तरी ११ का रोबिन सिंह घोषित भए । म्यान अफ द म्याच तथा नेपाल पुलिस क्लबलाई सप्तरी क्रिकेट संघका सचिव आयुश श्रेष्ठ तथा बरिष्ठ खेलाडि सुरेन्द्रनाथ सिंहले मायाको चिनो प्रदान गरे ।