• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाजिक संजालबाट

पुरुषको सहयोग र समर्थन बिना महिला अगाडि बढ्न सक्दैन ?

पुरुषको सहयोग र समर्थन बिना महिला अगाडि बढ्न सक्दैन ?

महिला कुनै पनि ठाउँमा स्वतन्त्र पहिचानका साथ किन चिनिन सकिदैनन् ? अहिले पनि किन हाम्रो समाजमा अविवाहित महिलाको सफलताको कुरा गर्दा उनको बुवाको नाम र विवाहित महिलाको सफलताको कुरा गर्दा उनको श्रीमानको नाम आउनु अत्यावश्यक मानिन्छ ?
यहाँ परिवारलाई वा पुरुष सदस्यलाई गौण भन्न खोजिएको होइन । तर, एउटा महिला पुरुषको सहयोग र समर्थन बिना अगाडि बढ्न सक्दैन भने बकबास मान्यतामाथि प्रश्न उठाउन खोजिएको मात्र हो ।
एउटा महिला घर बाहिर पनि सफल हुनुमा पुरुष र विशेष गरी श्रीमानको भूमिका महत्वपूर्ण हुन सक्छ । तर, कुनै पनि सफल महिलाको सफलतालाई श्रीमानकै योगदान र नेतृत्वका कारण सम्भव भएको देख्नु कति उचित हो ? प्रश्न उठ्छ, के ती मेहनती, साहसी, आत्मविश्वासले भरिएका महिलाहरुसँग तीनका श्रीमानको साथ नभएको भए तिनीहरु गुमनाम नै रहने थिए त ?
हो, कुनै पनि महिलाको लागि श्रीमानको साथ र सहयोग सबैभन्दा आवश्यक हो । श्रीमानको समर्थन, सहयोग र साथ विना घर बाहिर पनि आफूलाई बलियोसँग उभ्याउन सक्नु गाह्रो मात्र होइन, असम्भव जस्तै नै हो । तर त्यसो भन्दैमा महिलामाथि सबल पुरुषको नेतृत्व आवश्यक हुन्छ भन्ने स्थापित गर्न खोज्नु फेरि पनि महिलामाथिको पुरुष नियन्त्रणलाई सभ्य शैलीमा अगाडी बढाउन चाहनु जस्तै हो । एक त त्यसै पनि हाम्रो समाजमा महिलाहरुको बौद्धिक, राजनीतिक, सामाजिक र पेशागत गुणको प्रशंसा कमै गरिन्छ । गरेको बेलामा पनि किन त्यसलाई कुनै पुरुषकै नामसँग जोडेर गरिदिने ? गौरव पनि कस्तो आधा अधुरो…। सञ्चारकर्मी स्नेहा झाको फेसबुक वालबाट ।