पत्रकार सम्मेलन नगर्न ऋषि धमलालाई सचेत गराइयो
काठमाडौं, १८ चैत । देश विखण्डनको एजेन्डा बोकेर हिँडिरहेका सिके राउतको अन्तरवार्ता प्रशारण गर्ने एबीसी टेलिभिजन कारवाहीमा पर्ने भएको छ । सञ्चार माध्यमहरुको नियमन गर्ने सरकारी निकाय प्रेस काउन्सिलले सो टेलिभिजनमाथि कारवाहीको तयारी गरेको हो ।
टेलिभिजनमाथि कस्तो कारवाही गर्ने भन्नेबारे छलफल गर्न काउन्सिलको आकस्मिक बैठक बोलाइएको अध्यक्ष बोर्णबहादुर कार्कीले अनलाइनखबरलाई बताए ।
कार्कीका अनुसार तत्कालै एउटा चेतावनीपत्र टेलिभिजनलाई पठाइनेछ र त्यसपछिको कारवाहीबारे छलफलबाट निर्णय लिइने छ । सो टेलिभिजनले बुधबार बेलुकी राउतको अन्तरवार्ता प्रशारण गरेको थियो ।
सो अन्तरवार्तापछि उपराष्ट्रपतिका छोरा दिपेश पुनले फेसबुकमा स्टाटस लेखेर टेलिभिजनमाथि कारवाही हुनुपर्ने माग गरेका थिए ।
ऋषि धमलालाई सचेत गराइयो
यसैबीच सिके राउतलाई रिपोर्टस क्लवमा उभ्याएर पत्रकार सम्मेलन गराउने ऋषि धमलाको प्रयास असफल भएको छ । प्रेस काउन्सिलको हस्तक्षेपपछि धमलाको प्रयास असफल भएको हो ।
क्लबका अध्यक्ष धमलाले राउतको पत्रकार सम्मेलन गराउन लागेको थाहा पाएपछि आफूले फोन गरेर सचेत गराएको काउन्सिलका अध्यक्ष कार्कीले अनलाइनखबरलाई बताए ।
प्रेस काउन्सिलले मौखिकरुपमा सचेत गराएपछि धमलाले पत्रकार सम्मेलन स्थगित गरेका छन् । साभारः अनलाइन खबर डट्कम