राजविराज, १७ चैत । वरिष्ठ राजनिज्ञ खुशीलाल मण्डलले प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणका क्रममा गरेको सिमा आयोग गठनको सम्झौताले नेपालको भू–भाग चीनमा गाभिने खतरा वढेको बताएका छन् ।
वुधवार राजविराज स्थित आफनै निवासमा मण्डलले पत्रकार सम्मेलन गरी यस्तो कुरा बताएका हुन् । सिमा आयोग गठनको सम्झौताले नेपाललाई भन्दा चीनलाई वढि फाइदा हुने र चिनको सिमामा विवाददित देखिएका नेपालका कतिपय स्थान गुम्न सक्ने आशंका ब्यक्त गरे । दोलखाको लामा वजार लगायतका कतिपय स्थानमा चीनले अहिले पनि आफनो दावी प्रस्तुत गरिरहेको र त्यस्ता क्षेत्रलाई आफनो देशमा समाहित गर्ने योजना अनुसार नै चीनले सो सम्झौता गराएको उनले बताए ।
राजा महेन्द्रको पालामा चिनले विश्वको सर्वच्च शिखर सगरमाथामा पनि आफनो दावी प्रश्तुत गरेको र सोहि समयमा महेन्द्रले वाध्य भई सम्झौता गर्नु परेको विषयलाई स्मरण गर्दै उनले महेन्द्रकै पालादेखि सगरमाथामा दुई देशको साझेदारी र दुवै मोहडावाट आरोहण सूरु भएको जानकारी समेत दिए । भ्रमणका क्रममा जारी भएको संयुक्त विज्ञप्तिमा एक अर्काको भौगोलिक अखण्डता, स्वाधिनता र सार्वभौम सत्ताको सम्मान गर्ने भन्ने वाक्यांश प्रयोगमा समेत मण्डलले प्रश्न उठाएका छन् ।