राजविराज, १६ चैत । सप्तरीको फर्सैठ गाविसका अग्निपीडित परिवारलाई धर्मीहल्फा महिला विकास क्लवद्वारा वुधवार राहत वितरण गरिएको छ ।
सामाजिक विकासका क्षेत्रमा कार्यरत क्लवले हेल्प नेपाल नेटवर्क नामक संस्थाको सहयोगमा राहत सामग्री उपलब्ध गराएको हो । क्लवका अध्यक्ष सुर्यनारायण यादवले पीडितहरुलाई त्रिपाल, धोती , सारी, सर्ट, पेन्ट, थाल, कचौरा, ग्लास र खाना पकाउने भाडा लगायतका राहत सामग्री उपलब्ध गराएका छन् ।
नेपाल पत्रकार महासंघ सप्तरीका कोषाध्यक्ष मनोज कुमार माझी, गाविस सचिव शंकर यादव, सह–लेखापाल जयराम यादव, नागरीक वडा मञ्चका अध्यक्ष सत्यनारायण यादव, जिविसका पूर्व सदस्य मो. कमालउद्धिन, राजाराम यादव लगायतको उपस्थिती थियो । गत फागुन २४ गते फर्सैठ ६ मा भएको आगलागिवाट ६ परिवारका ८ घर जलेर नष्ट भएको थियो ।