• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

वीरगंज, १६ चैत्र । ईस्लामिक कल्चरल सेन्टर भवनको मङ्गलवार एक कार्यक्रमका बीच पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज अधिकारी घिमिरेले उद्घाटन गरेका छन् ।
इस्लामिक संघ नेपालका केन्द्रीय अध्यक्ष मौलाना नजरुल हुसैन फलाहीको सभापतित्वमा सम्पन्न भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि घिमिरेले यस सेन्टरबाट मुस्लिम समाजसँगै युवा र विद्यार्थीहरुको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । आउँदा दिनमा मुस्लिम समुदायले आय आर्जन र शिपमुलक तालिम तर्फ उन्मुख हुँदै समाजिक कृयाकलापमा समेत अग्रसरता बढाउन सुझाव दिदै समाजका विकासका लागि अन्य संघ सस्थासँग हातेमालो गर्दै अगाडि बढ्ने बताए । 1
वीरगंज उपमहानगरपालिका– १७ बहुअरी मुस्लिम टोलमा १० धुर जग्गामा निर्माण भएको ४ तल्ले भवनमा १३ वटा रुम र एउटा ट्रेनिग हल सुविधा सम्पन्न निर्माण गर्न १ करोड ५० लाख लागत लागेको कार्यक्रम संयोजक मुज्तुबा अन्सारीले बताए । इस्लामिक कल्चरल सेन्टर भवन उद्घाटन समारोहमा तुर्की राष्ट्रका गुनगोरेन नगरपालिकाका मेयर साकिर यासिल कहरमन, उपमेयर डरभिस कहरमन, भवन निर्माण सहयोगी आइसीसीका फजली कोकतास, तुर्कीका चर्चित व्यापारी, विलाल कोपागलु, सर्कन ओजतुर्क, आइ एच एचका संस्थाका प्रतिनिधि नुरेटिन सेयार, हसन हसिबराहीमोगलु र अहमेत सरिकुर्ट, अलहेरा एजुकेशलन सोसायटी नेपालका महासचिव मौलाना गुलाम रसुल फलाही लगायतकाले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तब्य प्रो. समसुलहक मिया र सहजीकरण शिक्षक अकबर हवारीले गरे । समारोहमा मुस्लिमहरुको पवित्र ग्रन्थ कुर्आनको बारेमा इन्जिनियर नुरुलहोदा आलमले प्रकाश पारे भने सहभागिहरुलाई धन्यबाद ज्ञापन इस्लामिक संघ नेपाल नारायणी अञ्चलका अध्यक्ष मौलाना मुजम्मिलुलहक फलाहीले गरे ।
भवन उद्घाटन समारोहमा भारतीय महावाणिज्य दुतावास बीरगंजका कन्सुल अफ कन्सुलर कृष्ण कुमार चैतन्य, नेपाल पत्रकार महासंघ पर्साका पुर्व अध्यक्ष दिपेन्द्र चौहान, नेपाल पे्रस युनियनका पुर्व केन्द्रीय सदस्य अनिल तिवारी, मधेसी पत्रकार समाज पर्साका अध्यक्ष सन्तोष पटेल, फोटो पत्रकार समुहका केन्द्रीय उपाध्यक्ष राम सर्राफ, मुस्लिम अगुवा नेता डा मुज्तुबा अन्सारी, राष्ट्रिय मुस्लिम मञ्च पर्साका अध्यक्ष एवं पत्रकार एसएम जहाँगस्त, नेपाल मुस्लिम इत्तेहाद संगठन पर्साका अध्यक्ष समसेद अखतर, भोला अन्सारी, इसराइल मिया, डा हसिबुरहमान अन्सारी लगायको विशेष उपस्थिति रहेको थियो ।
टर्कीको अन्तराष्ट्रिय संस्था आई.एच.एच ईन्सानी यारदीम भक्वीको आर्थिक सहयोगमा निर्मित भवनमा मुस्लिम समुदाय संग सम्बन्धित धार्मिक, सामाजिक, राजनितीक एवं साँस्कृतिक दर्शनको संरक्षण एवं अध्ययन गर्न सकिने मुस्लिम समुदायका अगुवा नेता एस.एम.जहाँगस्तले बताए ।