• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

भ्रष्टाचार अभियोगमा ७ जना उच्च अधिकारी बिरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा ७ जना उच्च अधिकारी बिरुद्ध मुद्दा दायर

काठमाण्डौ, १७ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका ७ जना उच्च अधिकारीबिरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
आयोगले सशस्त्र प्रहरीका पूर्व महानिरीक्षक सनतकुमार बस्नेतविरुद्ध मुद्दा दायर गर्दै बस्नेतविरुद्ध ९ करोड १५ लाख ८१ हजार रुपैयाँ बराबरको बिगो माग दावी गरेको छ । अख्तियारले बस्नेतसहित अरु ७ जना प्रहरी अधिकारी विरुद्ध सोमवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
०६६ वैशाखदेखि ०६८ साउनसम्म सशस्त्रमा महानिरीक्षक पदमा रहँदा मातहत युनिटमा सामान ढुवानीमा भ्रष्टाचार गरेको ठहरगर्दै अख्तियारले मुद्दा दायर गरेको हो । सशस्त्र प्रहरी निरीक्षक विनबहादुर थापाविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर भएको छ ।
प्रहरी निरीक्षक मनुहिरा महतविरुद्ध ७३ लाख र शिबबहादुर कार्की विरुद्ध २३ लाख रुपैयाँ बिगो दावी गर्दै मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । सशस्त्र प्रहरी नायब निरीक्षक निलबहादुर श्रेष्ठ र लेखबहादुर खत्रीले १ करोड ६ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरिएको पनि अख्तियारले जनाएको छ । अर्का सशस्त्र प्रहरी नायब निरीक्षक देबेन्द्रकुमार श्रेष्ठविरुद्ध ८३ लाख रुपैयाँ बिगो माग गरिएको छ ।