• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
कञ्चनपुरमा पनि सिर्जना फाइनान्सको शाखा

राजविराज, १७ फागुन । सप्तरीको कञ्चनरुप नगरपालिकामा सोमवार सिर्जना फाइनान्स लिमिटेडको सातौ शाखा कार्यालय सञ्चालन भएको छ ।
शाखा कार्यालयका प्रबन्धक मनोज कुमार साहको अध्यक्षतामा आयोजित कार्यक्रमा एक समारोहका बिच बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका उपकुलपती बलभद्र दासले शाखा कार्यालयको उद्घाटन गरेका हुन् । समारोहमा सिर्जना फाईनान्स लिमिटेडका सञ्चालक समितिका अध्यक्ष सुयश प्याकुरेल, महाप्रबन्धक भवानी शंकर चापागाई, सञ्चालक डा प्रमोद कुमार झा, सुभाष आचार्य, बिला कुमार ढुङ्गेललगायतको समेत उपस्थिति रहेको थियो ।
फाइनान्सले सप्तरीको फत्तेपुर, कल्याणपुर, बोदेबर्साइन, पातो गरी चार स्थानमा चाडै शाखाहरु बिस्तार गर्ने योजना राखेको  शाखा प्रबन्धक झाले जानकारी दिए ।