वीरगञ्ज, १७ फागुन । वीरगञ्ज नगरलाई स्वच्छ ,समृद्ध एवं सुरक्षित बनाउने लक्ष्यका साथ सोमवार आदर्श सेकेण्ड्री स्कूलमा वृक्षारोपन कार्यक्रम सम्पन्न गरिएको छ ।
रोटरी क्लब अफ वीरगञ्ज र रोट्क्याट क्लब अफ वीरगञ्जको संयुक्त आयोजनामा गरिएको वृक्षारोपनमा अशोक, लिची, आँप, सपेता, र विभिन्न प्रजातिका बिरुवाहरु रोपिएको छ । रोटरी क्लबका डिस्ट्रीक गर्भनर केशव कुनुवार र पर्सा प्रहरीका प्रमुख प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले संयुक्त रुपमा लिचीको बिरुवा रोपेर उदघाटन गरेका थिए ।
वृक्षारोपन कार्यक्रममा वीरगञ्ज पब्लिक कलेजका कार्यकारी निर्देशक प्रा.डा. दिपक शाक्य, आदर्श स्कुलका निर्देशक हरिरत्न तुलाधर, रोटरी क्लब अफ वीरगंजका अध्यक्ष बिश्वकरण जैन, रोट्क्याट क्लब अफ वीरगञ्जका अध्यक्ष पियुश गुप्ता,वीरगंज उपमहानगरपालिकाका निमित प्रमुख प्रकाश अमात्य, जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख प्रहरी निरिक्षक खेम आर्चाय,वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरिक्षक एन मल्ल, संघीय समावेसी मधेसी युवा गठबन्धन पर्साका सल्लाहकार एवं जुझारु युवा नेता ओमप्रकास सर्राफ, मधेसी पत्रकार समाज पर्साका अध्यक्ष संतोष पटेल लगायत क्लबका पदाधिकारीहरुले समेत वृक्षारोपन गरेको रोट्याक्ट क्लबकी कबिता चौधरीले बताईन् । 