• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
शम्भुनाथ नपामा जन्मियो विचित्रको शिशु

राजविराज, १३ फागुन । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्वर–१० ठकपुर टोलकी एक महिलाले विचित्र प्रकृतिको बच्चा जन्माएकी छिन् ।
मो. मञ्जुरकी १९ वर्षिया पत्नी गुडिया खातुनले विहीवार विहान करिब १ बजेको समयमा यस्तो अद्भूत बच्चा जन्माएकी हुन् । बुधबार राती व्यथा लागेपछि मोहनपुर उप–स्वास्थ्य चौकीमा प्रसुती गराउन लगिएकी गुडियाले विचित्र प्रकृतिको बच्चा जन्माएको कठौनाका स्वास्थ्यकर्मी हरिदेव प्रसाद भगतले जानकारी दिएका छन् ।
उनका अनुसार जन्मिएकी नवजात शिशुको आन्द्रा भुँडी बाहिर निस्केको तथा शरिरको अन्य भाग सामान्य रहेको छ । बच्चाको मलद्वार र मुत्रद्वार नली बाहिर रहे पनि दीसा–पिसाब सामान्य अवस्थामा रहेको सिनियर अहेव भगतले जानकारी दिए । बच्चाले दुध समेत चुस्ने गरेकोले उपस्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुले उपचारकालागि सुविधा सम्पन्न अस्पतालमा लग्न सुझाव दिएका छन् ।
यद्यपी शिशुको अवस्था विचित्रको रहेकोले बाँच्नसक्ने सम्भावना कम रहेको तथा आर्थिक अभावका कारण उक्त शिशुलाई ठकपुर स्थितको घर लगिएको छ । पहिलो बच्चा शिशुलाई जन्म दिएकी गुडियाले सामान्य रुपमा स्वास्थ्यकर्मीलाई देखाए पनि भिडियो एक्स–रे नगरेको स्वास्थ्यकर्मी भगतले जानकारी दिए । उनका अनुसार अद्भूत प्रकृतिको बच्चालाई हेर्न उनको घरमा सर्वसाधारणको भीँड लागेको छ ।