राजविराज, १३ फाल्गुन । एनेकपा माओवादीको भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) को विहिवार राजविराजमा सम्पन्न भेलाले योगेन्द्र यादव (छोटु) को संयोजकत्वमा ५१ सदस्यिय जिल्ला आयोजक समिति गठन गरेको छ ।
हाललाई ३८ सदस्य रहेको समितिमा वाँकी १३ सदस्य पछि थप गर्ने निर्णय भएको संयोजक यादवले जानकारी दिएका छन् । समितिको सदस्यमा शिवराम यादव, विनोद यादव, शत्रुधन चौधरी, पशुपति यादव, सुभाष यादव, धिरेन्द्र यादव, राजा यादव, अमेन्द्र साह, उमेश मण्डल, रतन राम, अमरनाथ यादव, वलराम यादव, सकलदेव राम, सन्तोष सदा, शोभाकान्त पासवान, वच्चु खङ्ग, भोला मण्डल, श्याम चौधरी, अमरेन्द्र मण्डल, छविलाल चौधरी छन् ।
यस्तै भुषण साह, रामेश्व पाल, नितेशकुमार गुप्ता, इश्वर राम, देवेन्द्र ठाकुर, प्रेम यादव, नागेन्द्र विक, प्रमानन्द साह, कृष्णकुमार यादव, गुदर यादव, कपलेश्वर यादव, मदन यादव, संजिव यादव, दुर्गानन्द यादव, रामनाथ यादव र उमेश यादव समेत जिल्ला सदस्यमा चयन भएका छन् ।
भेलाले ६ वटै निर्वाचन क्षेत्रमा संयोजक तोकी समिति गठन गर्न निर्देशन समेत दिएको जनाईएको छ । जसमा निर्वाचन क्षेत्र नम्वर १ का लागि शोभाकान्त पासवान, २ का लागि शिवनारायण साह, ३ का लागि विनोद यादव, ५ का लागि सत्रुधन चौधरी र ६ का लागि पशुपति यादवलाई संयोजकको जिम्मेवारी दिईएको छ । क्षेत्र नम्वर ४ मा भने क्षेत्रिय पार्टी नेतृत्वसँग छलफल गरी संयोजकको निर्धारण गरिने जनाईएको छ ।
यसैगरी राजविराज नगर संयोजकमा सुभाष यादव चयन भएका छन भने शम्भुनाथ, सप्तकोशी, हनुमाननगर जागिनियाँ माई, कन्चनरुप नगरपालिकामा संयोजक क्षेत्रिय भेलाले संयोजक तोक्ने जिल्ला संयोजक यादवले वताएका छन ।
यस्तै सोहि भेलाले क्षेत्रिय समितिको पहिलो वैठक समेत निर्धारण गरेको छ । जसमा क्षेत्र नम्वर १ को फागुन २७ गते, २ को फागुन २९ गते, ३ को चैत्र १ गते, ५ को चैत्र ५ गते र ६ को चैत्र चैत्र ७ गते वैठक वस्ने गरी निर्णय भएको उनले वताएका छन् ।