बृजमान तामाङ
बिरेन्द्र बजार, ३ फागुन । नेपाल तामाङ घेदुङका पुर्वाञ्चल प्रमुख मोहन गोलेले ताम्सालिङ प्राप्ति बिना तामाङ समुदायको मुक्ति सम्भव नहुने बताएका छन ।
नेपाल तामाङ घेदुङ सप्तरीद्धारा सोमबार सप्तरीको सितापुरमा आयोजित २८५२ औं (टे) सोनाम ल्होछार समारोहमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । केन्द्रिकृत राज्यसत्ताका कारण सदियौदेखि पछाडि पारिएका तामाङ समुदायको मुक्तिकोलागी ताम्सालिङसहितको संघियता अपरिहार्य रहेको जिकिर गर्दै गोलले भने– ताम्सालिङ प्राप्ति बिना तानाङ समुदायको मुक्ति असम्भव छ ।
अधिकार प्राप्तिको लागि तामाङ लगायत आदिबासी जनजाती, मधेशी, थारु, मुस्लिम, महिला सहित उत्पिडनमा पारिएका जाती समुदायबीच एकता आबश्यक रहेकोले एकताबद्ध भएर आन्दोलन गनुपर्नेमा उनले जोड दिए । नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष भिम बहादुर घिसीङ तामाङको अध्यक्षतामा भएको ल्होछार समारोहमा नेपाल तामाङ घेदुङका केन्द्रिय उपाध्यक्ष बेली लो लामा प्रमुख अतिथी रहेको थियो ।
उक्त समारोहमा नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य खड्ग बहादुर तामाङ, नेपाल मगर संघका केन्द्रिय सदस्य बिष्णु थापा मगर, थारु कल्याण कारिणी सभा सप्तरीका पुर्ब सभापती उपेन्द्र नारायण चौधरी(पगडीवाला), राष्ट्रिय आदिबासी जनजाती महिला महासंघ सप्तरीका अध्यक्ष दिल कुमारी चौधरी, तराई आदिबासी जनजाती कलाप्रष्ठिान सप्तरीका अध्यक्ष गोपाल चौधरी, ईलाका प्रहरी कार्यालय महुलीका ईन्चार्ज प्रहरी नायब निरीक्षक सुमन न्यौपाने लगायतका बक्ताहरुले मन्तब्य ब्यक्त गरे ।
आदिबासी जनजाती पत्रकार महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङद्धारा सञ्चालित कार्यक्रममा स्वगत मन्तब्य नेपाल तामाङ घेदुङ सप्तरीका सचिव सुर्यमान तामाङले गरेका थिए । उक्त समारोहमा नेपाल तामाङ साँस्कृती घेदुङ सप्तरीका कलाकारद्वय तामाङ पहिचान झल्किने गीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।