• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राजविराज, ३ फागुन । संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिको केन्द्रीय समितिको पूर्व निर्धारित कार्यक्रम अनुसार सोमवार राजविराजमा प्रदर्शन र विरोधसभाको आयोजना गरियो ।
आन्दोलन समिति सप्तरीद्वारा राजविराज स्थित शिव मन्दिर प्राङ्गणबाट निकालिएको जुलुस नगरको विभिन्न भाग परिक्रमा गरेको थियो । नगरपरिक्रमा पश्चात शहीद दशन चौकमा आयोजित विरोधसभामा समितिका प्रवक्ता बलराम यादव, केन्द्रीय सदस्यहरु महेश यादव, भुलाई राम, छेदी यादव, कासिन्द्र राम, तुफान मधेशी, शिक्षक कैलाश यादव, जयप्रकाश यादव, जिबछ यादव, लगायतले सम्बोधन गरे । समितिका केन्द्रीय सदस्य रामगमन साहको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन भगवती यादवले गरे ।