• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
आन्दोलनका शहीद परिवार तथा घाइतेलाई सम्मान

वीरगञ्ज ३ फागुन । मधेस आन्दोलनकारी समिति पर्साले सोमवार शहीद परिवार तथा घाइतेलाई सम्मान गरेको छ ।
वीरगञ्जको माईस्थानमा भएको कार्यक्रममा वक्ताहरुले तीन दलिय सरकारले मधेसका  मागहरु हालसम्म सम्बोधन नगरेको चर्चा गर्दै मधेस केन्द्रित राजनीतिक दलहरुले समेत मधेसको माग प्रति वफादार नभएको आरोप लगाए। जारी मधेस आन्दोलका शहीद एवं घाइते परिवारलाई मधेस केन्द्रित नेताहरुले वास्ता नगरेको आरोप लगाउदै मधेसी नेताहरुले मधेसलाई कमजोर पार्ने कुनै पनि किसिमको राज्यसंग सम्झौता गरे आफुहरुलाई स्विकार्य नहुने बताए ।
मधेस आन्दोलनकारी समितिका संयोजक बिनेश पटेल, तराई मधेस राष्ट्रिय अभियानका सिपु तिवारी, संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य एवं महिला नेतृ करिमा बेगम, आन्दोलनकारी समितिका कोषाध्यक्ष धुरेन्द्र पटेल, अनिल साह लगायतकाले शहिद परिवार तथा घाइतेहरुलाई जनही २ हजार १ सय रुपैया तथा सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरियो ।3
मधेस आन्दोलनकारी समितिका संयोजक विनेश पटेलको सभापतित्वमा आयोजित कार्यक्रममा शहीद दिलिप चौरसियाका बुवा रामेश्वर चौरसिया, शहीद धर्मराज सिंहका दाजु  करण कुमार सिंह, शहीद शत्रुध्न पटेलका आमा कुसुमी देवी, शहिद चन्दन पटेलका बुवा मनोज कुर्मी, शहीद दिनानाथ साहका बुवा रामचन्द्र पटेल, शहीद भोला साहका बुवा कुञ्जबिहारी साह, शहीद सोहन साह कलवारका पत्नी बिनिता देवी, यसैगरी आन्दोलनकारी समितिका सह–संयोजक अनिल गुप्ता, सचिव जलेश्वर सर्राफ, सह–सचिव जयद हुसैन, कोषाध्यक्ष धुरेन्द्र पटेल, सह–कोषाध्यक्ष सञ्जय पटेल, सल्लाहकार सन्तोष साह, मो. समसुल मिया, जादोलाल साह, महिला नेतृ अनिता रौनियार, रेखा साह, घाइते अनिल कुशवाहा लगायतकाले मधेस आन्दोलन अहिले समाप्त नभएको भन्दै नेताहरुलाई खबरदारी समेत गराएका थिए ।2
कार्यक्रममा महिला नेतृ करिमा बेगम, सिपु तिवारी, भागीरथ साह, सागिर खान, विष्णु पटेल, धीरेन्द्र पटेल, जैन सिंह लगायतको उपस्थिति रहेको थियो । श्रोता क्लबका प्रकाश चौधरीले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन धननजिव मिश्रा गरेका थिए । कार्यक्रममा ‘लाठी फाठा लेके होख तइयार’ बोलको गायक धुरेन्द्र सहनी र गायक जितेन्द्र पटेलले मधेस आन्दोलन र शहीदहरु प्रति गीत सङ्गीत प्रस्तुत गरेका थिए ।