• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राजविराज, १७ माघ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय राजविराजको मातहतमा रहेको बोर्डर आउट पोष्ट तिलाठीले आइतवार अवैध चाँदीका गहना बरामद गरेको छ ।
तिलाठी स्थित हनुमान मन्दिर अगाडिबाट जि.सप्तरी कन्चनरुप नगरपालिका वडा नम्वर– ८ का २५ का शम्भु स्वर्णकार र सोही ठाउँका १९ वर्षिय सागर परियारलाई चाँदीका गहनासहित पक्राउ गरिएको हो । भारतबाट अबैध रुपमा भन्सार छलेर नेपालतर्फ ल्याउँदैको करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको रेडिमेट चाँदीका गरगहना बरामद गरिएको सीमा सुरक्षा कार्यालय राजविराजले जनाएको छ । 2
उनीहरुले प्रयोग गरेको  स ४ प ७८६९ नम्बरको पल्सर मोटरसाइकल समेत नियन्त्रणमा लिएर आवश्यक कार्वाहीकालागि बेल्ही भन्सार कार्यालय राजविराज तिलाठीको जिम्मा लगाईएको छ ।