• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मधेशमा आप्रवासनको समस्या

सूर्या शर्मा
मधेशमा करिब ५६ वटा जातजातिहरू बस्ने गर्छन् । जसमध्ये यादव, थारू, मुस्लिम, तेली, ब्राहमण, राजपुत, दलित ईत्यादिको संख्या बढी छ । मधेश आफैमा एउटा अलग पहिचान बोकेको भू–भाग हो । यद्यपी नेपाल सरकारको एकपक्षीय विभेदकारी शासन व्यवस्थाका  कारण मधेश विगतदेखि पीडामा छ ।
मधेशमा एक माथि अर्को दमन गरिन्छ तर पनि मधेशको नेतृत्व मजबुत हुनसकेको छैन । मधेशमा देशको कुल जनसंख्याको लगभग ५० प्रतिशत जनता बस्ने गर्दछन् । तर विकासको अवस्था भने न्यून छ ।
नेपाललाई मधेशको कारणले नै कृषिप्रधान देश भनिन्छ । अहिलेसम्म मधेशका किसानकालागि हालसम्म कुनै ठोस योजना बन्न सकेको छैन । मधेशी जनतालाई प्रकृतिको भरमा खेती गरेर आफनो जिबिको चलाउन बाध्य बनाईएको छ । छिमेकी देश भारतबाट मलखाद ल्याउन दिईरहेको छैन । यता सरकार किसानहरुको समस्याको कुनै सुनुवाई हुन सकेको छैन । नेपालको मधेशमा बस्ने मधेशीहरूकोलागि विकासको बाटो नै बन्द गरिएको छ । देशको राष्ट्र भाषा नेपाली हो तर आम मधेशी जनताले यो भाषा एकदमै कम मात्रले बुझ्छन् । देशको राजधानी पनि मधेश भन्दा एकदमै टाढा राखिएको छ । जहाँ आम मधेशी जनताको पहुँच एकदमै कम छ ।
देशको प्रशासन, सेना, प्रहरी, कर्मचारीसहितका महत्वपूर्ण निकायहरुमा मधेशीहरूको पहुँच न्यून छ । यो जानेरै गरिएको छ । कतिपय मधेशी विश्लेषकहरूले भन्ने गर्छन् कि ‘नेपाललाई मधेश चाहियो मधेशी होइन ।’ किनकी मधेश नेपालकोलागि स्वर्ग भन्दा कम छैन ।
नेपालको क्षेत्रफलको लगभग ८६ प्रतिशत भुभाग पहाडले ओगटेको छ । पहाडको कुरा गर्नुहुन्छ भने त्यहाँ समथर जमिन छैन । बाढी, पहिरोईत्यादीको जोखिम जहिले पनि भईरहेको हुन्छ । नेपालमा नेपाली भनेर चिनाउने सबैको मुल घर पहाड नै हो । 12191866_183436195330521_6667947007666981314_n
आफूलाई सुरक्षित पार्न सबैले सुरक्षित स्थानमा घर बनाउने सपना देख्छन् । त्यही कारण हो जसले गर्दा पहाडिहरूको नजरमा जहिले पनि मधेशको भुमि नै हुन्छ र उनीहरू विभिन्न छलकपटले मधेशी भूमिपुत्रको जमिन खोसेर बस्ने गर्दछन् ।
पहाडीहरूको आप्रवासनको कारणले थुप्रै मधेशीहरू बिस्थापित हुन पुगेका छन । अहिले पनि पहाडीहरू मधेशमा झर्ने क्रम जारी नै छ । यदी यो आप्रवासन अहिले पनि रोकिएन भने मधेशीहरूको अस्तित्व नै खतरामा पर्ने निश्चित छ ।
उदाहरणकालागि ४० प्रतिशत भन्दा बढी मुस्लिम र ६० प्रतिशत भन्दा बढी थारू, राजवंशी, सन्थालईत्यादी बिस्थापित भईसकेका छन् । आप्रवासनको अर्को ठुलो उदाहरण ईटहरी सहर हो । यो सहरमा पुरै पहाडीहरूले मधेशमा आएर बसेका छन् । पहाडिहरुको बर्चश्वमा यस्ता सहरहरू आउने दिनहरुमा अझंै पनि बन्ने मधेशमा रोकिएन भने मधेशीहरूको अस्तित्व हराउनबाट कसैले बचाउन सक्दैन । त्यसैले मधेशी नेताहरूले छिटोभन्दा छिटो नेपाल सरकारसँग यस विषयमा विस्तृत रुपमा छलफल गर्नु जरूरी छ । बढ्दो आप्रवासन रोक्नकालागि ठोस पहल हुनु जरुरी छ र यसतर्फ सम्पूर्ण मधेशी नेताहरुको ध्यानाकर्षण हुनु जरुरी छ ।
लेखक शर्मा पश्चिमाञ्चल ईञ्जिनियरिङ्ग क्याम्पस पोखरामा ईलेक्ट्रिकल ईञ्जिनियरिङ्ग संकायमा अध्ययनरत छन् । (सं)