• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

अधिकांश स्थानमा काँग्रेसको अधिवेशन बिथोलियो, कतै बन्द कोठामा सम्पन्न, मोर्चाका एक दर्जन पक्राउ

राजविराज, १५ माघ । मधेशी मोर्चा सप्तरीको अवरोधका कारण नेपाली कांग्रेसको गाउँ तथा नगर अधिवेशन अधिकांस स्थानहरुमा बिथोलिएको छ भने कतिपय स्थानहरुमा गोप्य ढङ्गले सम्पन्न भएको छ ।
मोर्चाले कांग्रेस, एमाले र एमाओवादीलाई जिल्लामा कुनै कार्यक्रम नगर्न चेतावनी दिएको थियो । गाउँ तथा नगर अधिवेशनहरु आयोजना गरिए पनि मोर्चाका नेता तथा कार्यकर्ताहरुले अवरोध पुर्याएका थिए । कतिपय स्थानहरुमा भने पूर्व निर्धारित ठाउँहरु परिवर्तन गरी बन्द कोठाभित्रै हतार–हतारमा अधिवेसन सकिएको छ ।
सार्वजनिक स्थानहरुमा जिल्लाको बथनाहा, वरही विरपुर, मलेकपुर, ब्रम्हपुर वनैनियाँ, डिमन, बिसहरिया, बोरिया, रम्पुरामल्हनियाँ, लौनियाँ, हनुमाननगर, फकिरा, देउरी भरुवा, मल्हनमा लगायतका स्थानहरुमा कार्यक्रम विथोलिएको मोर्चा सप्तरीका संयोजक कपिलदेव यादवले जानकारी दिए । कांग्रेसले बन्द कोठा तथा गोप्य रुपमा अधिवेशन गर्ने स्थलमा भने आफूहरु अवरोध नगरिएको उनले जानकारी दिएका छन् ।
प्राप्त जानकारी अनुसार राजविराज नगरपालिकाको विभिन्न वडाहरुहरुमा समेत गोप्य रुपमा अधिवेशन सम्पन्न भएको छ । यसैगरी वडा नम्वर–१ मा सम्पन्न अधिवेशनले विशेश्वर प्रसाद साह ‘बिशे’को सभापतित्वमा समिति चयन गरेको छ । समितिको सचिवमा उमाकान्त साह र कोषाध्यक्षमा भोला कुमार साहलाई सर्वसम्मत चयन गरिएको सभापति बिशेले जानकारी दिए । सदस्यमा राजकुमार साह, निलेश चौधरी, श्रवण साह, राम दास, राजिव कुमार दास, बसन्त जैन, हरिनाथ प्रसाद साह र सञ्जय साहलाई चयन गरिएको छ ।congres
क्षेत्रीय प्रतिनीधिमा घनश्याम साह, दुखा चौधरी र माँगीलाल नाई रहेका छन् भने महिला क्षेत्रीय प्रतिनीधिमा रेखा साह र उषा साहलाई चयन गरिएको छ ।
यसैगरी नेपाली काँग्रेस कञ्चनपुरको महाधिवेशनमा मतदान अधिकृत शिवनारायण साह उपस्थित नभएको भन्दै अधिवेशन स्थगन भएको कञ्चनपुर गाउँ समितिका सभापति बिरेन्द्र कुमार गुप्ताले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् । यस्तै मलेकपुर गाविस स्थित खुरहुरियामा आयोजित अधिवेशन तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य एवम् जिल्ला अध्यक्षको नेतृत्वमा मोर्चाका नेता तथा कार्यकर्ताहरुले बिथोलेका छन् ।
यस्तै सप्तरीको लालापट्टी गाउँ समितिको अधिवेशन सम्पन्न भएको छ । निर्वाचन अधिकृत राजनारायण यादवले दिएको जानकारी अनुसार रामनन्दन पंडितको सभापतित्वमा गठित समितिको सचिवमा बुद्धिराम बैरागी र कोषाध्यक्षमा रामनारायण यादवलाई चयन गरिएको छ । क्षेत्रीय प्रतिनीधिमा रामकुमार यादव, कुलानन्द यादव, मीना देवी यादव, अनिल कुमार यादव, प्रमोद कुमार यादव, मैहरुन बिबी खातुन, हरिनारायण चौधरी, कपलेश्वर साह र देवराम शर्मालाई चयन गरेको उनले जानकारी दिए ।
यसैगरी कांग्रेसको कार्यक्रम बिथोल्ने क्रममा ईलाका प्रहरी कार्यालय कल्याणपुरले एक दर्जन मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरेको छ । त्यस क्रममा सद्भावना केन्द्रीय सदस्य दिनेश यादव, मोर्चाको क्षेत्र नम्वर ५ का संयोजक मो. एयुब राइन, मो. गुलामलगायत एक दर्जन पक्राउ परेको मधेशी मोर्चाका सूचना तथा सञ्चार समितिका संयोजक अमरनाथ मण्डलले जानकारी दिए ।
यता कांग्रेसको स्थानीय तहको अधिवेशनमा लामो समय अघि नै पार्टी परित्याग गरिसकेका तथा मृत्यु भईसकेका ब्यक्तिहरुको नाम नयाँ कृयाशिल मतदाता सुचीमा कायमै रहेको छ । वर्षौं अघि पार्टी परित्याग गरिसकेका तमलोपाका केन्द्रीय सदस्य रहेका जयप्रकाश ठाकुर, संघीय समाजवादी फोरम नेपालका नेता शम्भु झा र मधेशी मोर्चा नगर समिति संयोजक उमेश साहसमेत गरी ७८ जनाको नाम अझै कायमै रहेको जनाईएको छ ।
केन्द्रीय समितिले नै जिल्लाको पनि सदस्यता नविकरणको ब्यवस्था मिलाएका कारण पार्टी परित्याग गरिसकेका तथा मृत्यू भईसकेकाहरुको नाम समेत यथावतै रहन गएको पार्टीले जानकारी दिएको छ ।